मतगणना सुस्त : यही गति भए महानगरको परिणाम २१ दिनमा आउँछ

अहिलेकै गतिमा मतगणना जारी रहे विराटनगर महानगरपालिकाको अन्तिम परिणामका लागि कम्तीमा ५ सय ४ घन्टा अर्थात् तीन साता प्रतीक्षा गर्नुपर्ने देखिन्छ । ८० हजार ४ सय ७७ मत खसेको विराटनगरमा सात केन्द्र बनाएर मतगणना गरिँदै छ ।

गत बिहीबार साढे ४ बजेबाट सुरु भएको मतगणनामा शनिबार साढे ४ बजेसम्म करिब आठ हजार मत मात्रै गणना भएका छन् । यही रफ्तारमा पूरै मतगणना सकिन २१ दिन कुर्नुपर्नेछ । विराटनगर उपमहानगरमा १९ वडा छन् । एउटा वडाको मत गन्न कम्तीमा पाँच दिन लाग्ने देखिएको खबर आजको नयाँ पत्रिकामा छ ।

मुख्य निर्वाचन कार्यालयले मतगणना छिटो सक्न गणना केन्द्र बढाउने प्रयास गरेको छ । तर, कर्मचारी अभाव भएकाले गणना केन्द्र थपिन सकेका छैनन् । निर्वाचन कार्यालय मोरङका अनुसार जिल्लाका सबै तहको मतगणना गर्न ८५ टिममा तीन सय गणक तीन सिफ्टमा खटिएका छन् । क्षेत्रीय निर्वाचन अधिकृत प्रेमप्रसाद सञ्जेलले मतगणना छिटो गर्न कर्मचारीको संख्या बढाइने बताए ।

मोरङका आठ नगरपालिका र आठ गाउँपालिकामा पनि मतगणना सुस्त रहेको छ । मतपत्र धरै ठूलो र चिह्न धेरै भएकाले गणनामा समय धेरै लाग्ने गरेको निर्वाचन कार्यालयले जनाएको छ । मतगणनामा धेरै समय लागेपछि मतदाता पनि निराश हुन थालेका छन् ।

उपमहानगरमा उस्तै ताल

धरान :  धरान उपमहानगरमा मतगणनाको चौथो दिनससम्म तीनवटा वडाको मात्रै नतिजा आएको छ । ५३ हजार ७६९ मत खसेकोमा चार दिनमा करिब सात हजार मत मात्रै गणना भएको छ । यही गतिमा गणना हुँदा अन्तिम नतिजा आउन अझै कम्तीमा २५ दिन लाग्नेछ । प्रमुख निर्वाचन अधिकृत जयप्रसाद महतले गणनाको रफ्तार बढाउन एउटा समूहबाट सुरु गरिएको गणना चारवटा समूहमा पुर्याइएको बताए ।

बुटवल : बुटवल उपमहानगरको अन्तिम परिणाम आउन पनि कम्तीमा सात–आठ दिन लाग्ने देखिन्छ । १५ असार बिहानबाट सुरु भएको मतगणनामा शनिबार साँझसम्म १४ हजार मत मात्रै गनिएका छन् । औसतमा दैनिक चारदेखि पाँच हजार मतगणना भएको छ । बुटवलमा ४९ हजार ८९५ मत खसेको थियो । निर्वाचन अधिकृत भरतमणि पाण्डेले एक साताभित्रै मतगणना सक्ने गरी काम अगाडि बढाइएको बताए ।

नेपालगन्ज : नेपालगन्ज उपमहानगरको मतगणना सक्न अझै कम्तीमा चार दिन लाग्ने भएको छ । मतगणनाको तीन दिनसम्म करिब १६ हजार मत मात्र गणना भएको छ । ६२ हजार ३९६ मतदातामध्ये ४८ हजार ६७८ ले यहाँ मतदान गरेका थिए । ‘मतगणना छिटो सक्न अहिले गणकको संख्या र ठाउँ पनि थपिएको छ,’ प्रमुख निर्वाचन अधिकृत तेजनारायण पौडेलले भने ।

धनगढी : धनगढी उपमहानगरमा दुई दिनमा नौ हजार मतगणना भएको छ । १५ असारको बिहान सवा ९ बजेदेखि मतगणना सुरु भएको थियो । ५४ हजार तीन सय ६९ मत खसेको धनगढीमा औसतमा दैनिक ३६ सय मत गणना भइरहेको छ । अहिलेकै रफ्तारमा मतगणना हुँदा अझै कम्तीमा १५ दिनपछि मात्रै परिणाम आउने देखिन्छ ।

दाङ : घोराही र तुल्सीपुर उपमहानगरको परिणाम आउन अझै एक साता लाग्ने भएको छ । दुई स्थानमा समूह थपेर परिणाम सक्दो चाँडो ल्याउने प्रयास गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ५८ हजार ५३९ मत खसेको घोराही उपमहानगरमा तीन दिनमा आधा मत गनिसकिएको छ । तुल्सीपुर उपमहानगरमा भने घोराहीभन्दा मतगणना कार्य ढिलो गतिमा भइरहेको छ । ‘पाँच स्थानमा मात्र गणना गरिरहेकाले तुल्सीपुरमा ढिलाइ भएको हो,’ मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि