छोराछोरी सरकारी स्कूल नपढाउने शिक्षकको तलव रोकिने

sarkari_schoolजाजरकोट – यहाँको एक गाउँपालिकाले सरकारी विद्यालयमा कार्यरत शिक्षकहरुले आफ्ना छोराछोरीहरु सामुदायिक विद्यालयमा भर्ना नगरे तलव नै रोकिदिने निर्णय गरेको छ ।जिल्लाको कुसे गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र कार्यरत सबै शिक्षकहरूले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनै पर्ने बाध्यात्मक निर्णय गरेको हो ।

गत असार ६ गते बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका भित्रका विद्यालयहरुको अवस्था सुधार गर्न र शिक्षकहरुलाई विद्यालयप्रति जिम्मेवार बनाउन यस्तो निर्णय गर्नु परेको वताइएको छ। आफू सरकारी विद्यालयमा पढाउने र छोराछोरीलाई निजि विद्यालयमा पढाएर सामुदायिक विद्यालयप्रति कुनै चासो नराख्ने शिक्षकको व्यवहारका कारण शैक्षिक गुणस्तर बिग्रिएको भन्दै गाउँपालिकाले त्यस्तो निर्णय गरेको जनाएको छ ।

शिक्षकहरूले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा नपढाएकै कारण विद्यालयप्रति कुनै जिम्मेवारी बोध नगरेको भन्ने जनताको व्यापक गुनासो आएपछि गाउँपालिकाले यस्तो कठोर निर्णय गरेको बताइएको छ ।
आफ्ना छोराछोरीलाई कुनै पनि हालतमा सरकारी विद्यालयमा पढाउनै पर्ने सो नगरे तलव पनि कुनै पनि हालतमा नदिने कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले वताए । लगातार ५ वर्ष सम्म तलव रोकेर भए पनि यो निर्णय कार्यान्व्यन गराएरै छोड्ने बस्नेतले बताए । शैक्षिक विकृतिको रुपमा आफ्ना छोराछोरी निजीमा पढाउने र विद्यालयमा जिम्मेवारीपूर्वक काम नगर्ने परीपाटी बढेकोले यस्तो निर्णय गर्नु परेको उनले बताए । जस्तो सुकै अप्ठेरो परिस्थिति आएपनि जनताको साथ लिएर यो निर्णय कार्यान्वयन गराएरै छाड्ने उनले प्रतिबद्धता गरे ।

जिल्ला वाहिर घर भएर गाउँपालिका विद्यालयमा कार्यरत शिक्षकहरुले पनि आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढिपरहेको प्रमाण पेस गर्न पर्ने नियम बनाउने बस्नेतले बताए ।कुसे गाउँपालिकाको निर्णयलाई आम जिल्लावासीले स्वागत गर्दै निकै राम्रो निर्णय भएको प्रतिक्रिया दिएका छन् ।गाउँपालिकाको निर्णयलाई सफल रुपमा कार्यान्वयन गराउन आफूहरुले खुलेर सहयोग गर्ने स्थानीयवासीको प्रतिवद्धता छ । जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले कुसे गाउँपालिकाको निर्णयले जिल्ला भरी नै शैक्षिक गुणस्तर कायम गराउनका लागि ठूलो सहयोग गर्ने बताए ।
कुसे गाउँपालिकाको निर्णयलाई अन्य गाउँपालिका र नगरपालिकाले पनि सिको गरेर साथ दिनुपर्ने वताए ।विद्यालयमा नियमित नपढाउने, आफू सरकारी विद्यालयमा पढाउने छोराछोरीलाई महंगा बोर्डिङमा पढाएर जिल्लाको शैक्षिक अवस्था बिगार्नेलाई कुसेगाउँपालिकाको निर्णयले ठीक पार्ने कुसे गाउँपालिका वडा नं ९का स्थानीय निराजन आरसीले बताए ।उनले अव सरोकारवाला निकायले कडाइका साथ अघि नबढेसम्म सुधारको काम अघि बढ्न नसक्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे