काठमाडौँ -उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडले आज शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा उनीहरुबीच भएको भेटमा नेपाल–अस्ट्रेलियाबीचको आपसी सहयोग तथा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको थियो । सो अवसरमा परराष्ट्रमन्त्री महराले नेपाल नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा यहाँ अस्ट्रेलियाली लगानी आउने विश्वास व्यक्त गरे । उनले आर्थिक, शैक्षिक तथा अन्य क्षेत्रमा अस्ट्रेलिया सरकारले पु¥याएको सहयोगको सराहना पनि गरे ।
राजदूत बडले अस्ट्रेलियामा नेपालीको बसोबास बढेको उल्लेख गर्दै दुई देशबीच जनस्तरसम्म सम्बन्ध विकसित भएको र आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे । यसैबीच मन्त्री महरासँग विश्व खाद्य कार्यक्रमका राष्ट्रिय प्रतिनिधि पिप्पा ब्राडफोर्डले आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरे । सो अवसरमा उहाँहरुबीच नेपाल सरकारसँग भएको खाद्य कार्यक्रमसम्बन्धी सम्झौताका विषयमा छलफल भएको उपप्रधानमन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक हरि लामिछानेले जानकारी दिए ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न
काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका