धोबीखोलाको खाल्डोमा ढुकुटीको ५२ लाख !

 

Image result for dhobi khola

१३ असार, काठमाडौं । वर्षा लागेसँगै काठमाडौंको अनामनगर र बिजुली बजारका स्थानीयवासी कतिखेर धोबीखोलाको बाढी घरमा पस्ने हो भन्ने चिन्ताले त्रस्त छन् । मुसलधारे पानी परेलगत्तै धोबीखोलामा पानीको बहाव माथिसम्म आउने र खोलामा रहेको फलामको पुलले पानी छेक्दा स्थानीयको घरघरमा पानी पसेर हिलाम्मे हुने गरेको छ ।

धोबीखोलाको पक्की पुल निर्माण गर्न भण्डार थोडंगा जिटेक जेभी ठेकेदार कम्पनीले ठेक्का पाएको छ । तर, ठेक्का पाएको तीन वर्ष बितिसक्दा पनि खोलामा पुल निर्माण भएको छैन । ठेकेदार कम्पनीले अहिलेसम्म ५२ लाख रुपैयाँ सकिसकेको छ । तर, उसले खोलाको दुई किनारामा खाल्डो खन्नेबाहेक केही गर्न सकेको छैन ।

 

अनामनगर–थापागाउँ जोड्ने पुल बनाउन ०७१ सालमा ५२ लाख लिएका ठेकेदारले खाल्डो खनेर काम रोके । उनले निकालेको माटोले पानी थुन्दा वरपरका घर डुवानमा छन् । तर, ठेकेदार त्यो खाल्डो खन्न पनि एक करोड खर्च भएको दाबी गरिरहेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा