शीर्ष नेता को कहाँ मत हाल्दै ?

१३ असार, काठमाडौं । स्थानीय तह दोस्रो चरणअन्तर्गतको निर्वाचनमा मतदान गर्न सर्वसाधारण जनता आतुर छन् । सर्वसाधारण जनता मात्रै होइन, शीर्ष नेताहरु पनि भोलि विभिन्न मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दैछन् । केही शीर्ष नेताले भने पहिलो चरणमै मतदान गरिसकेका छन् ।

नयाँ पत्रिका दैनिकका अनुसार, प्रधानमन्त्री शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिका–१, डडेल्धुराको असिग्राम उमावि मतदान केन्द्रबाट मतदान गर्दैछन् । देउवा केही दिनदेखि उतै व्यस्त छन् ।

सभामुख ओनसरी घर्तीले लिवाङ–७ रोल्पाबाट भोट हाल्दैछिन् । बालोदय माध्यमिक विद्यालय घर्तीले मतदान गर्ने केन्द्र हो । उपराष्ट्रपति नन्दबहादुर पुन खोलीगाउँपालिका–२ रोल्पाबाट मतदान गर्दैछन् ।

एमाले वरिष्ठ नेता झलनाथ खनालले इलामबाट भोट हाल्दैछन् । खनालको मतदान केन्द्र सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमाविमा रहेको छ ।

कृष्ण सिटौलाले झापाको भद्रपुर–१० स्थित कबलगुडी प्राविबाट मत हाल्दैछन् भने एमाले उपाध्यक्ष वामदेव गौतमले बर्दियाको बाँसुगढी–८ को त्रिभुवन उमाविबाट मत हाल्दैछन् ।

एमाले नेता सुवास नेम्बाङले इलाम र उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले रोल्पाको लिवाङ नगरपालिका–१ बाट मताधिकार प्रयोग गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि