निर्वाचनको दिन भारी बर्षा

काठमाडौं – मौसम विभागको पूर्वानूमान हेर्दा चुनावको दिन बुधबार सबै क्षेत्रमा मनसुन सक्रिय हुने देखिन्छ ।

पूर्वानूमानले बुधबार मतदान हुने १, ५ र ७ प्रदेशमा नियमित भारी बर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।
तीन वटै प्रदेशका मतदाताले बर्षाको सामना गर्नुपर्ने मौसमविदको ठहर छ । यसबाट जोगिन मतदाताले छाता र बर्सादी व्यवस्था गर्नुपर्छ । आजको नागरिकमा यो खबर छ ।
 

आजको अन्नपूर्ण पोस्टमा पनि यो खबर छ : बुधबार दिनभरजसो वर्षा हुने भएपछि मतपत्र भिज्नेदेखि मतदातालाई आवतजावतमा समेत समस्या हुने देखिएको हो। प्रदेश नम्बर १, ५ र ७ प्रदेशभर नै बुधबार वर्षा हुने सम्भावना रहेकाले सुरक्षित रुपमा छाता, घुम, प्लास्टिक र वर्षादी बोकेर मतदान गर्न जान मौसमविदले सुझाव दिएका छन् ।

जल तथा मौसम विज्ञान विभाग एयरपोर्ट स्टेसनका मौसमविद समिर श्रेष्ठले एक नम्बर प्रदेशमा बुधबार बिहानैदेखि मनसुन बदली हुने र लगातार ५ घन्टासम्म पानी पर्ने देखिएको बताउनुभयो । पूर्वी र मध्यभागमा दिनभरजसो मनसुन सक्रिय हुने विभागको पूर्वानुमान छ ।

प्रदेश ५ र ७ मा पनि मौसम बदली हुने र सिमसिम वर्षा हुने विभागले जनायो। जेठ २९ गते नेपाल भित्रिएको मनसुन केही दिनसम्म सक्रिय हुन नसके पनि तीन दिनदेखि पश्चिम नेपालसम्म फैलिइसकेको मौसमविद श्रेष्ठले जानकारी दिनुभयो।

चुनावको दिन पूर्वी नेपालमा बिहान र दिउँसो तथा पश्चिम नेपालमा अपराह्न र साँझ वर्षा हुने विभागले जनाएको छ। पश्चिमी क्षेत्रमा भने सिमसिम वर्षा भए पनि लामो समय नरहने विभागको अनुमान छ। समग्र वर्षा भएको हेर्दा पूर्वी नेपालका स्टेसनहरूमा बढी पानी परेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा