पहिरोको डरले हरायो निद्रा : आकाश हेर्दै सुत्नुपर्ने बध्यता

कालीखोला (चितवन) – इच्छाकामना गाउँपालिका-६ स्थित कालीखोलामा व्यापार गरी सुदर्शन विष्टले जीवन चलाउँदै आउनुभएको छ । सडकछेवैमा उहाँको सानो घुम्ती छ । जीवन चलाएको त्यही घुम्तीले जीवन नै लैजाला कि भन्ने डर छ उहाँमा । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

असार ३ को पहिरोले उहाँको घुम्तीलाई क्षति पुर्‍यायो । पहिरोले ज्यानै लैजान्छ कि भन्ने डरमा बाँचिरहनुभएको छ उहाँ । कालीखोलामा प्रायः पहिरो गइरहने भएकाले सडकछेउका बस्ती जोखिममा छन् ।

पहिरोसँगै ढुंगा झरिरहने हुनाले त्रास बढेको गुनासो स्थानीयको छ । सडक निर्माण राम्रो नभएकाले जोखिम बढेको विष्ट बताउनुहुन्छ । ‘पहिरो नगएको दिन नै हुँदैन, सानोतिनो पहिरो गएकै हुन्छ’, विष्टले भन्नुभयो, ‘आकाशमा पानी पर्न थालेपछि पहिरो आउने डरले अन्तै बस्न जानुपर्छ।’ आफ्नै अगाडि ठूलो पहिरो खसेको अनुभव उहाँको छ ।

‘कतिखेर के होला भन्ने थाहै हुँदैन’, उहाँले भन्नुभयो, ‘आकाश हेरेर सुत्नुपर्छ ।’ पहिरो खसेर विष्टको पसलमा क्षति पुर्‍यायो । करिब ३० हजार बराबरको क्षति भएको थियो ।

नारायणगढ-मुग्लिन सडकमा पहिरोको जोखिम निकै बढेको छ । त्यहाँका स्थानीयलाई कतिबेला के होला भन्ने डर छ । सडक फराकिलो बनाउने क्रममा चट्टान कटान हुँदा जोखिम बढेको उनीहरूको भनाइ छ । बस्ती अगाडि नै ठूला पहाड छ । बेला-बेलामा त्यही पहाडबाट पहिरो खस्ने गर्छ । पहिरोका कारण घन्टांै सवारी रोकिने गरेको उनीहरूको अनुभवन छ ।

कालीखोलाकै यानु गुरुङ पनि पहिरोको डरमा बाँच्नुपरेको बताउनुहुन्छ। ‘आफ्नो घरै यहीँ छ अन्त जाउँ जाने ठाउँ छैन’, यानुले भन्नुभयो, ‘पहिरो झरेको झर्‍यै छ, रातदिन डरैडरमा बस्नुपरेको छ ।’गत बिहीबार राति पहिरो पन्छाउन खटिएको प्रहरीको टोलीलाई पहिरोले बगाउँदा एक असईसहित दुई प्रहरीको मृत्यु भयो । दुई प्रहरी जवान अझै बेपत्ता छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि