
कालीखोला (चितवन) – इच्छाकामना गाउँपालिका-६ स्थित कालीखोलामा व्यापार गरी सुदर्शन विष्टले जीवन चलाउँदै आउनुभएको छ । सडकछेवैमा उहाँको सानो घुम्ती छ । जीवन चलाएको त्यही घुम्तीले जीवन नै लैजाला कि भन्ने डर छ उहाँमा । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
असार ३ को पहिरोले उहाँको घुम्तीलाई क्षति पुर्यायो । पहिरोले ज्यानै लैजान्छ कि भन्ने डरमा बाँचिरहनुभएको छ उहाँ । कालीखोलामा प्रायः पहिरो गइरहने भएकाले सडकछेउका बस्ती जोखिममा छन् ।
पहिरोसँगै ढुंगा झरिरहने हुनाले त्रास बढेको गुनासो स्थानीयको छ । सडक निर्माण राम्रो नभएकाले जोखिम बढेको विष्ट बताउनुहुन्छ । ‘पहिरो नगएको दिन नै हुँदैन, सानोतिनो पहिरो गएकै हुन्छ’, विष्टले भन्नुभयो, ‘आकाशमा पानी पर्न थालेपछि पहिरो आउने डरले अन्तै बस्न जानुपर्छ।’ आफ्नै अगाडि ठूलो पहिरो खसेको अनुभव उहाँको छ ।
‘कतिखेर के होला भन्ने थाहै हुँदैन’, उहाँले भन्नुभयो, ‘आकाश हेरेर सुत्नुपर्छ ।’ पहिरो खसेर विष्टको पसलमा क्षति पुर्यायो । करिब ३० हजार बराबरको क्षति भएको थियो ।
नारायणगढ-मुग्लिन सडकमा पहिरोको जोखिम निकै बढेको छ । त्यहाँका स्थानीयलाई कतिबेला के होला भन्ने डर छ । सडक फराकिलो बनाउने क्रममा चट्टान कटान हुँदा जोखिम बढेको उनीहरूको भनाइ छ । बस्ती अगाडि नै ठूला पहाड छ । बेला-बेलामा त्यही पहाडबाट पहिरो खस्ने गर्छ । पहिरोका कारण घन्टांै सवारी रोकिने गरेको उनीहरूको अनुभवन छ ।
कालीखोलाकै यानु गुरुङ पनि पहिरोको डरमा बाँच्नुपरेको बताउनुहुन्छ। ‘आफ्नो घरै यहीँ छ अन्त जाउँ जाने ठाउँ छैन’, यानुले भन्नुभयो, ‘पहिरो झरेको झर्यै छ, रातदिन डरैडरमा बस्नुपरेको छ ।’गत बिहीबार राति पहिरो पन्छाउन खटिएको प्रहरीको टोलीलाई पहिरोले बगाउँदा एक असईसहित दुई प्रहरीको मृत्यु भयो । दुई प्रहरी जवान अझै बेपत्ता छन् ।
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा