शवयात्रामा उत्रिए हजारौं नेपालीभाषी

 

दार्जिलिङ – बंगाल प्रहरी र गोर्खा जनमुक्ति मोर्चाका प्रदर्शनकारीबीच शनिबार दार्जिलिङमा भएको झडपमा प्रहरी गोली लागेर ज्यान गुमाएका तीनमध्ये दुईजनाको शवयात्रामा हजारौं नेपाली भाषी भारतीय सहभागी भएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
शनिबार ज्यान गुमाएकामध्ये महेश गुरुङको शव सिलिगुडीबाट ल्याउन ढिलो भएपछि विमल गजमेर र सुनील राईको शवयात्रामा गोर्खाल्यान्डका पक्षमा रहेका हजारौंले सहभागिता जनाएको मोर्चा नेत्री निरा शर्माले जानकारी दिए ।
दार्जिलिङ बजारबाट सुरु भएको शवयात्रा पार्टी कार्यालय सिम्वाडीसम्म पुगेको शर्माले बताउनुभयो । गुरुङको शव भने साँझ मात्र दार्जिलिङ ल्याइएको थियो । शवयात्रापछि दुवै शव परिवारलाई जिम्मा लगाइएको छ ।
बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्टे«टिभ ९जिटिए० प्रमुख विमल गुरुङको दार्जिलिङस्थित घर र कार्यालयमा छापा मारेर तोडफोड गरेपछि चर्किएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा शनिबार तीन जनाको ज्यान गएको थियो ।
बंगाल सरकारले शनिबार रातिबाट इन्टरनेटसमेत बन्द गरिदिएको छ । आन्दोलन चर्किएपछि बंगाल सरकारले स्थानीय टेलिभिजन च्यानल पनि बन्द गराएको छ ।
बंगालभाषाको बाध्यकारी अध्ययन व्यवस्थापछि नेपालीभाषी भारतीयको सघन बसोवास भएको दार्जिलिङसहित गोर्खाल्यान्ड क्षेत्रमा चर्किएको आन्दोलन दबाउन राज्य सरकारले प्रहरी र सेना परिचालन गरेको छ । उक्त घटनापछि मोर्चाका नेता भूमिगत छन् । 
आइतबार पनि दार्जिलिङको सडकमा सवारी चलेनन् भने विद्यालय, कलकारखाना, सरकारी कार्यालयसमेत ठप्प रहे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि