
काठमाडौं – कक्षा १० को अन्त्यमा लिइने परीक्षा र नतिजा प्रकाशन पद्धतिमा आएको परिवर्तनसँगै अभिभावक र विद्यार्थी अहिले निकै अलमलमा परेका छन् । गत वर्षदेखि पूर्णरूपमा लेटर ग्रेडिङ पद्धतिमा नतिजा प्रकाशन भएसँगै अलमलमा परेका विद्यार्थी आफ्नो नतिजाअनुसार कक्षा ११ मा पढ्न पाउने र नपाउने विषयमा अझै स्पष्ट हुन सकेका छैनन् । शिक्षा मन्त्रालयले यससम्बन्धमा स्पष्ट मापदण्ड बनाए पनि विद्यार्थी र अभिभावकसम्म पुर्याउन नसक्दा उनीहरू माकुराको जालोमा फसेजस्तै भएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
कक्षा ११ मा भर्नाका लागि शिक्षा मन्त्रालयले तयार पारेको न्यूनतम आधारअनुसार विद्यार्थीले पढ्न चाहेको विषयमा भर्ना हुन कक्षा १० मा अनिवार्य विषय अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक अध्ययनमा न्यूनतम डी प्लस ल्याउनै पर्छ । ११ कक्षामा विज्ञान समूहमा भर्ना हुन चाहने विद्यार्थीले अनिवार्य विज्ञान र गणित विषयमा सी प्लस ल्याउनै पर्छ । अंग्रेजी, सामाजिक अध्ययन र नेपाली विषयमा भने डी प्लस मात्र ल्याए पनि हुने मन्त्रालयको मापदण्डमा उल्लेख छ । एसईईमा विद्यार्थीले आठ विषयमा परीक्षा दिए पनि तीन विषयमा भने जुन ग्रेड ल्याए पनि हुन्छ ।
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा