
परीक्षा नियन्त्रक अम्बिका रेग्मीका अनुसार एसइईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका लागि सबै काम सकेर शुक्रबार बिहान बसेको बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यसवर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को यो पहिलो नतिजा हो ।परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी छन् । यसमध्ये नियमित तर्फ ४ लाख ४५ हजार ५ सय ६४ तर्फ ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १२हजार २ सय ८४ जनाले प्राप्त गरेका छन् ।
यसैगरी ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ४२ हजार ४ सय २७ जना छन् भने २.८ देखि ३.२ जीपीसम्म ल्याउने ५० हजार ६ सय ४६ जना, २.४ देखि २.८ जीपीएसम्म ल्याउने विद्यार्थी ६१ हजार ९ सय ५५ जना, २ देखि २.४ जीपीएसम्म ल्याउने ९१ हजार ३ सय १४ र १.६ देखि २.४ जीपीएसम्म ल्याउने १ लाख ८ हजार ४ सय ६४ विद्यार्थी छन् । १.२५ देखि १.६० सम्म ल्याउने ६४ हजार ५ सय ७५ जना विद्यार्थी रहेका छन् । ०.८५ देखि १.२० ल्याउने ११ हजार २ सय ८५ रहेका छन् ।
परिक्षामा सामेल भएका मध्ये २१९ जनाको परिक्षा रद्ध गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । सी र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको परीक्षा यही वर्ष दिन पाउने छन् ।गत वर्षसम्म दुई विषयमा डी र ई ग्रेड पाएका विद्यार्थीले मात्रै ग्रेड बृद्धिको परीक्षा दिन पाउँथ्यो ।यस वर्ष भने सैद्धान्तिक विषयमा डि, डि प्लस र इ ग्रेड प्राप्त गर्ने विद्यार्थीहरुले ग्रेड बृद्धिको परीक्षा दिन पाउने छन् । ग्रेड वृद्धीका लागि पुन: परीक्षा आगामी साउन १९ देखि २६ गतेसम्म हुनेछ ।
नतिजा कसरी हेर्ने ?
नेपाल टेलिकमको IVR सेवाको सटकोड १६०० मा फोन गर्ने, अथवा आफ्नो सिम्बोल नम्बर थिचेर
एनसेल तथा नेपाल टेलिकमको सटकोड १६००
आकाश टेक प्रा. ली. को सटकोड ३१००३,
फोकशवान नेपाल प्रा. ली. को सटकोड ३५५६६,
वान अफ कम्युनिकेशन को सटकोड ३३६२४,
जानकी टेक्नोलोजी प्रा. ली. को सटकोड ३५००१,
इजि सर्भिस प्रा. ली. को सटकोड ३४९४९ मा sms पठाउने ।
यसका साथै निम्न वेभसाइटमा पनि परीक्षाफल राखिन्छ-
शिक्षा मन्त्रालय सिंहदरवार काठमाडौं www.moe.gov.np,
शिक्षा विभाग सानोठिमी भक्तपुर www.doe.gov.np,
परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुर www.soce.np,
राष्ट्रिय परिक्षा वोर्ड सानोठिमी भक्तपुर www.neb.gov.np,
आकाश टेक प्रा. लि. www.inheadline.com,
नेपाल टेलीकम www.see.ntc.np,
पि. एण्ड पि मल्टी मिडिया प्रा.लि. www.edukhabar.com,
एनसेल प्रा. लि. www.ncell.axiata.com,
वान अप कम्युनिकेशन प्रा. लि. www.meroshikshya.com,
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित