
काठमाडौं – यस वर्षको मनसुन सोमबारदेखि सुरु भएको छ । सोमबार पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको हो । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पूर्वी नेपाल प्रवेश गरेको हो । सोमबार पूर्वी नेपालमा हलुका वर्षा भएको महाशाखाका मौसमविद् वरुण पौडेलले बताए । केही दिनभित्र देशैभर मनसुन सक्रिय हुने उनको भनाइ छ । आजको नयाँ पत्रिकामा खबर छ ।
मनसुन पूर्ण रूपमा सुरु हुन पूर्वी वायुले पश्चिमी वायुलाई विस्थापित गर्नुपर्ने उनले बताए । हरेक वर्ष नेपालमा मनसुन सुरु हुँदा पूर्वी नेपालबाट प्रवेश गरी पश्चिम हुँदै पुनः पूर्व पुगेपछि सकिन्छ । यस वर्षको मनसुन तीन दिन ढिला सुरु भएको हो । नेपालमा हरेक वर्ष प्रायः १० जुनदेखि मनसुन सुरु भई २३ सेप्टेम्बरमा सकिन्छ ।
राजधानीमा तत्काल वर्षा हुने
जल तथा मौसम विज्ञान विभागका पूर्वानुमान महाशाखाका अनुसार राजधानीमा एक–दुई दिनभित्र वर्षा हुने प्रक्षेपण गरिएको छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पश्चिमतिर बहन थालेकाले राजधानीमा तत्काल पानी पर्न सक्ने मौसमविद् वरुण पौडेलले बताए ।
औसत मात्र वर्षा हुने प्रक्षेपण
यस वर्षको मनसुनमा औसत मात्र वर्षा हुने प्रक्षेपण गरिएको छ । तर, मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा भने औसतभन्दा कम वर्षा हुन सक्ने मौसमविद् पौडेलले बताए ।
३० वर्षको मौसमको विश्लेषणका आधारमा यस वर्ष नेपालमा कम वर्षा हुने अनुमान गरिएको उनले बताए । ‘कम वर्षा हुने भन्दैमा बाढीपहिरोजस्ता प्रकृतिक प्रकोप नहुने भन्ने हुँदैन,’ पौडेलले भने, ‘एकैदिन मुसलधारे वर्षा हुँदा प्राकृतिक प्रकोप हुन सक्छ ।’ नेपालमा वर्षभरिमा १४ सय मिलिमिटर पानी पर्दछ । मनसुनको अवधिमा मात्र ८० प्रतिशत पानी पर्ने गर्छ ।
‘प्रिमनसुन’मा धेरै वर्षा
‘प्रिमनसुन’ भनेको मनसुन हुनुभन्दा अगाडिको समय हो । अन्य वर्षको तुलनामा यस वर्षको ‘प्रिमनसुन’मा धेरै वर्षा भएको छ । प्रिमनसुनमा धेरै वर्षा हुँदा डढेलो कम लागेको छ । त्यसैगरी, चैतेधान र तरकारी बाली लगाउने किसानलाई पनि फाइदा पुगेको छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि