
काठमाडौं – यस वर्षको मनसुन सोमबारदेखि सुरु भएको छ । सोमबार पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको हो । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पूर्वी नेपाल प्रवेश गरेको हो । सोमबार पूर्वी नेपालमा हलुका वर्षा भएको महाशाखाका मौसमविद् वरुण पौडेलले बताए । केही दिनभित्र देशैभर मनसुन सक्रिय हुने उनको भनाइ छ । आजको नयाँ पत्रिकामा खबर छ ।
मनसुन पूर्ण रूपमा सुरु हुन पूर्वी वायुले पश्चिमी वायुलाई विस्थापित गर्नुपर्ने उनले बताए । हरेक वर्ष नेपालमा मनसुन सुरु हुँदा पूर्वी नेपालबाट प्रवेश गरी पश्चिम हुँदै पुनः पूर्व पुगेपछि सकिन्छ । यस वर्षको मनसुन तीन दिन ढिला सुरु भएको हो । नेपालमा हरेक वर्ष प्रायः १० जुनदेखि मनसुन सुरु भई २३ सेप्टेम्बरमा सकिन्छ ।
राजधानीमा तत्काल वर्षा हुने
जल तथा मौसम विज्ञान विभागका पूर्वानुमान महाशाखाका अनुसार राजधानीमा एक–दुई दिनभित्र वर्षा हुने प्रक्षेपण गरिएको छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पश्चिमतिर बहन थालेकाले राजधानीमा तत्काल पानी पर्न सक्ने मौसमविद् वरुण पौडेलले बताए ।
औसत मात्र वर्षा हुने प्रक्षेपण
यस वर्षको मनसुनमा औसत मात्र वर्षा हुने प्रक्षेपण गरिएको छ । तर, मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा भने औसतभन्दा कम वर्षा हुन सक्ने मौसमविद् पौडेलले बताए ।
३० वर्षको मौसमको विश्लेषणका आधारमा यस वर्ष नेपालमा कम वर्षा हुने अनुमान गरिएको उनले बताए । ‘कम वर्षा हुने भन्दैमा बाढीपहिरोजस्ता प्रकृतिक प्रकोप नहुने भन्ने हुँदैन,’ पौडेलले भने, ‘एकैदिन मुसलधारे वर्षा हुँदा प्राकृतिक प्रकोप हुन सक्छ ।’ नेपालमा वर्षभरिमा १४ सय मिलिमिटर पानी पर्दछ । मनसुनको अवधिमा मात्र ८० प्रतिशत पानी पर्ने गर्छ ।
‘प्रिमनसुन’मा धेरै वर्षा
‘प्रिमनसुन’ भनेको मनसुन हुनुभन्दा अगाडिको समय हो । अन्य वर्षको तुलनामा यस वर्षको ‘प्रिमनसुन’मा धेरै वर्षा भएको छ । प्रिमनसुनमा धेरै वर्षा हुँदा डढेलो कम लागेको छ । त्यसैगरी, चैतेधान र तरकारी बाली लगाउने किसानलाई पनि फाइदा पुगेको छ ।
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा