राजपा चुनावमा आए मिति सार्ने सरकारको संकेत

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा मंगलबार साँझ बसेको प्रमुख दलको बैठकमा सत्तारुढ दलले राजपा चुनावमा आउने लिखित सहमति गर्न तयार हुने हो भने निर्वाचनमा मिति हेरफेरमा लचिलो हुनसक्ने संकेत सत्तारुढ दलले गरेका हुन् । तर, सत्तारुढको तयारीप्रति एमाले असहमत छ ।

सत्तारुढ प्रमुख दल कांग्रेसका मधेसी नेताहरुले स्थिति अहसज हुने बिष्लेषण गर्न थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मुख्य राजनीतिक दलरुको मनस्थिति बुझ्न मंगलबार साँझ सिंहदरबार बैठक राखेका थिए । त्यहाँ चुनाव सार्ने औपचारिक प्रस्ताव कसैले राखेन ।

प्रतिपक्षी एमालेले भने कुनै हालतमा चुनाव रोक्न नहुने धारणा अघि सारेको छ । सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सत्तारुढ दलहरु घुमाउरो पारामा चुनाव सार्ने दिशामा जान खोजेको जस्तो देखिएको एमाले अध्यक्ष केपी ओलीले बताए । ‘भन्न खोज्न तर भन्न नसक्ने जस्तो देखियो,’ बैठकपछि अध्यक्ष ओलीले भने, ‘चुनाव सार्न खोजेको हो कि नगराउन खोजेको हो कि ? यसका लागि के बहाना हुनसक्छ  भन्ने खोजिरहे जस्तो देखियो, चुनावबाट भाग्न खोज्दै हुनुहुन्छ कि जस्तो पनि छ ।’

माओवादी नेता वर्षमान पुनले बुधबार साँझ बस्ने बैठकमा राजपा चुनावमा आउन सहमत भए सबै विषयमा पुनर्विचार गरिने बताए । ‘राजपा निर्वाचनमा आउने लिखित सहमति भयो भने आवश्यक निर्णय गर्न सकिन्छ,’ उनले भने ।

पुनले प्रधानमन्त्री र सरकारले राजपासँग नबसीकन चुनाव सार्ने कुरा नगर्ने बताए ।

बैठकमा गृहमन्त्रीले चुनाव गर्न सकिने अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र