राजपा चुनावमा आए मिति सार्ने सरकारको संकेत

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा मंगलबार साँझ बसेको प्रमुख दलको बैठकमा सत्तारुढ दलले राजपा चुनावमा आउने लिखित सहमति गर्न तयार हुने हो भने निर्वाचनमा मिति हेरफेरमा लचिलो हुनसक्ने संकेत सत्तारुढ दलले गरेका हुन् । तर, सत्तारुढको तयारीप्रति एमाले असहमत छ ।

सत्तारुढ प्रमुख दल कांग्रेसका मधेसी नेताहरुले स्थिति अहसज हुने बिष्लेषण गर्न थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मुख्य राजनीतिक दलरुको मनस्थिति बुझ्न मंगलबार साँझ सिंहदरबार बैठक राखेका थिए । त्यहाँ चुनाव सार्ने औपचारिक प्रस्ताव कसैले राखेन ।

प्रतिपक्षी एमालेले भने कुनै हालतमा चुनाव रोक्न नहुने धारणा अघि सारेको छ । सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सत्तारुढ दलहरु घुमाउरो पारामा चुनाव सार्ने दिशामा जान खोजेको जस्तो देखिएको एमाले अध्यक्ष केपी ओलीले बताए । ‘भन्न खोज्न तर भन्न नसक्ने जस्तो देखियो,’ बैठकपछि अध्यक्ष ओलीले भने, ‘चुनाव सार्न खोजेको हो कि नगराउन खोजेको हो कि ? यसका लागि के बहाना हुनसक्छ  भन्ने खोजिरहे जस्तो देखियो, चुनावबाट भाग्न खोज्दै हुनुहुन्छ कि जस्तो पनि छ ।’

माओवादी नेता वर्षमान पुनले बुधबार साँझ बस्ने बैठकमा राजपा चुनावमा आउन सहमत भए सबै विषयमा पुनर्विचार गरिने बताए । ‘राजपा निर्वाचनमा आउने लिखित सहमति भयो भने आवश्यक निर्णय गर्न सकिन्छ,’ उनले भने ।

पुनले प्रधानमन्त्री र सरकारले राजपासँग नबसीकन चुनाव सार्ने कुरा नगर्ने बताए ।

बैठकमा गृहमन्त्रीले चुनाव गर्न सकिने अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि