
भरखरै नेपाली सुन्दरीको प्रतियोगीता भएछ। वधाई छ मनुष्यको अनि मनुष्यहरूमा पनि नेपालीहरूको गुणको आधिन सापेक्ष धरातलमा खरो उत्रेकी नारी शरीर प्राप्त जीवात्मा निकितालाई। तर निरपेक्ष धरातलमा सुन्दर को हो त? निरपेक्ष धरातलमा सुन्दरता भनेको के हो? “सुन्दरता”को कुरा गर्दा एउटा अंग्रेजी चलचित्रको दृश्य याद आउँछ। दृश्यमा alien विमानको अवतरण हुंछ अनि विमानबाट अजंगको, मुखभरी सूढ़(tantacles) भएको हेर्दै घिन लाग्दो अनि डरलाग्दो परग्रही मानवको आगमन हुन्छ। सो परग्रहको मानवलाई स्वागत गर्न हाम्रो ग्रहको सुन्दर युवक चलचित्र नायक(Tom Cruise) अघि बढ्छन।
सुन्दरता निरपेक्ष(absolute) हैन बरु सापेक्ष(relative) हुंछ भनेर त्यस अंग्रेजी चलचित्रले राम्रोसंग व्याख्या गरेको छ। सुन्दरता अवलोकनकर्ताको आँखामा हुंछ, मनोविज्ञानमा हुंछ र यही सत्य हो। विहान वास्ने रातो भालेलाई को सुन्दर भनेर प्रश्न गरे अवश्य पनि आफ्नी पोथी कुखुरीलाई नै देखाउँछ भने तपाईको गल्लीमा भुक्दै हिड्ने त्यो भाले भुष्याहाको अघि ऐश्वर्य राय वा पल्लाघरे तरूनी कुकुर्नी राखे त्यसले को छान्ला? त्यसको आँखामा त आफ्नी तरुनी कुकुर्नीको सुन्दरता अघि ऐश्वर्या रायको सुन्दरताको के भाउ? तपाई पुरुषलाई एक युवती सबैभंदा सुन्दर लाग्ला, तपाई पुरुषले एक युवतीको सुन्दरतामा खागका खाग कविता लेख्नुहोला, युवक भंदा युवती लाख सुन्दर भनि फलाक्दा नथाक्नुहोला तर तपाईलाई नै रातो भाले र पोथीमा कुन सुन्दर, वा भाले कुकुर वा पोथी कुकुरमा कुन सुन्दर वा भाले सिंह वा पोथी सिंहमा कुन सुन्दर भनि प्रश्न गरिए अवश्य पनि खिइएकी पोथी(उनीहरूका लागि सर्वसुन्दर) भंदा त रातो भाले सुन्दर वा भाले कुकुर वा भाले सिंह नै सुन्दर भन्नुहोला हैन। अब यही प्रश्न कुखरा वा कुकुर वा सिंहलाई “मनुष्यमा युवक सुन्दर की युवती?” भनि प्रश्न गरे के भन्लान? जसरी तपाईले त्यो पोथी वा कुकुर्नी वा पोथी सिंहलाई भालेको तुलनामा खिइएको देख्नुभयो त्यसैगरी अवश्य पनि तिनीहरूको नजरमा तपाइको नजरको सर्वसुन्दर युवती तपाईले तिनीहरूको पोथी खिइएको देखे झै खिइएको नै देख्लान अनि भन्लान “त्यो ठूलो छाती भएको, वलिष्ठ वलवाहुको अग्लो शरीरधारी पुरुष नै सुन्दर”। अब भन्नुहोस, निरपेक्ष धरातलमा को सुन्दर?
अब एक फरक कोण अर्थात गुणको आधारमा अध्ययन गरौं। मानव शरीर पित्त, कफ, वायु, दिसा, पिसाब, रगत, मासु, हड्डीको दुर्गन्धयुक्त फोहोरको थुप्रो हो जसलाई बाहिरबाट छालाले छोपिएको छ तर श्रीकृष्ण माया, बाहिरबाट छोपिएको छालाको आवरणमा यति शक्ति छ की यो कलिकालमा सारा संसार त्यसमा मुग्ध छ। विशेष गरी युबती भगवान श्रीकृष्णको यो मायाबाट ग्रसित हुंछे तर कोही उन्मुक्त भने छैन।
दिनहु विभिन्न भावनाकृतिका तस्वीर फेसबुकको भित्तामा उतार्ने विशेष गरी कामुक युवती देखि चाहे बिश्व सुंदर र सुंदरी सलमान खान वा एेश्वर्य राय नै किन न होस, बाहरी आवरणमा अवस्थित नौ द्वारबाट प्रति क्षण विसर्जित हुने फोहोर पदार्थ र त्यसको दुर्गन्धले भित्र छोपिएको मलमूत्रको आभाश दिएकै हुंछ तर अचम्म छ, सारा संसार बाहिरी खोलको यो ढाँचामा यसरी मंत्रमुग्ध छ मानौ उसको सर्बस्व हो। यस कलि कल्मषबाट ग्रसित त्यस मूर्ख रोगीले यसरी आँखा चिमलिंछ मानौ बाहरी आवरण नै एकमात्र सत्य हो, लट्टु बंछ त्यस बाहरी बनावटमा।
भित्र दिसा र मूत्र उम्लिरहेको हुंछ तर बाहिर cat-walk गरिरहेकी हुंछे, नाक/मुख/आँखा भित्र कफ/सिगान/थूक/चिप्रा बाहिर निस्कन तचाड मछाड गरिरहेका हुन्छन तर बाहिर पाउडर/गाजल/ईत्रले छोपी सुंदरताको हूंकार गरिरहेकी हुंछे, भित्र मलमूत्रको चरम दुर्गन्ध र फोहोर गिथोलिईरहेको हुंछ तर ठूला ठूला कवि/दार्शनिक बाहरी खोलको चुस्स चस्काईमा सुंदरताको गाथा सहितको कबिता/दर्शन लेखनमा व्यस्त भै रहेका हुनछन, बाहरी आवरण खोलियोस् त दुर्गन्धले कोही नजिक बस्न नसकोस….. तर अचम्म छ.. गजबको छ यो माया… भगवान श्रीकृष्णको माया …
यसरी के देखिंछ भने सुंदरता सापेक्षित हुंछ, अवलोकनकर्ताले लगाएक़ो चश्मामा भर पर्दछ अनि गुणाधिन हुंछ। तर चश्मा खोलेको निरपेक्ष धरातलमा र गुणदेखि माथि गुणातितको अवस्थामा सुंदरताको परिभाषा के हो त? सत्य कुरा भनु? सनातन धर्म शास्त्र भंछ, निरपेक्ष र गुणातितको धरातलमा सबै सुन्दर हुन। कुनै पनि वस्तुको सृजना हुंछ भने त्यसको निमित्त र उपादान कारण हुंछ। उदाहरणको लागि माटोको घैंटोको सृजना हुंछ भने त्यो माटोको घैंटोको निमित्त कारण कुम्हाले हो भने उपादान कारण माटो हो। यस विशाल सृष्टिको निमित्त र उपादान कारण को हो त? उपनिषद भंछ, “यस सृष्टिको निमित्त र उपादान कारण दुबै श्रीकृष्ण हुन।” दुबै कसरी? जसरी तपाईको स्वप्न। तपाईको स्वप्नको निमित्त र उपादान दुबै कारण तपाई स्वयम् हो त्यसैगरी यस समस्त सृष्टिको निमित्त र उपादान कारण दुबै श्रीकृष्ण हुन। यस विशाल घैटोरूपी सृष्टिको कुम्हाले पनि श्रीकृष्ण हुन माटो पनि श्रीकृष्ण अर्थात सबै श्रीकृष्ण। श्रीकृष्ण नै ईश्वर हुन, ईश्वर कुरूप हुनै सक्दैन अर्थात निष्कर्षमा सबै श्रीकृष्ण हुन अर्थात सबै सुन्दर हुन।
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
कात्तिक २६, काठमाडौँ। सरकारले व्यक्तिगत घटना दर्ता नियमावली, २०७७ संशोधन गर्ने निर्णय गरेको छ। सोमबार
कात्तिक १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति