सुर्तीजन्य पदार्थ विरुद्धको ऐन कार्यान्वयन नहुनु चिन्ताको विषय ः अध्यक्ष कडरिया

काठमाडौं । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले सुर्तीजन्य पदार्थ विरुद्धको ऐन–२०६८ कार्यान्वयन नहुन दुःखद् भएको बताएका छन् । क्यान्सर काउन्सिल नेपालको आयोजना र नेपाल टेलिकमको सहकार्यमा विश्व धुम्रपान रहित दिनको अवसरमा काठमाडौँको रेडन कलेज सामाखुसीमा आयोजित एक दिने अन्तरक्रियात्मक तथा जनचेतनामूलक कार्यक्रममा बोल्दै अध्यक्ष कडरियाले यस्तो बताएका हुन् ।health news
कडरियाले विद्यालय उमेरका बालबालिकाहरु साथीहरुको प्रभावले श्ुारुमा सुर्तीजन्य पदार्थको सेवन गरेता पनि कालान्तरमा लागू पदार्थको सेवन गर्ने गरेको पाईन्छ जसले गर्दा समाजमा अपराधजन्य घटना बढने कुरा बताए । उहाँले नेपालमा सुर्तीजन्य पदार्थ रोकथामको लागि जनचेतनामूलक कार्यक्रम र सुर्तीजन्य पदार्थ विरुद्धको ऐन २०६८ लागू गर्न जोड दिनु पर्ने वताए ।
सुर्तीजन्य पदार्थ विरुद्धको ऐन प्रभावकारी रुपमा कार्यन्वयन गर्न सकेमा सुर्तीजन्य पदार्थका कारण हुने रोगहरुमा कमी आउने कुरा उनले व्यक्त गरे । कडरियाका अनुसार नेपालमा प्रत्येक वर्ष १५ हजार भन्दा बढी मानिसहरुले सुर्तीजन्य पदार्थको कारण अकालमा ज्यान गुमाई रहेको कुरा व्यक्त गरे । उक्त कार्यक्रममा विद्यालयका अध्ययनरत विद्यार्थी, शिक्षक, सर्वसाधारण र सरोकारवालाहरु लगायत १५० जना व्यक्तिहरु सहभागी थिए । सरोकारवालाहरुले सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि नागरिक समाज, विभिन्न संघ संस्था र नेपाल सरकारका विभिन्न निकायवीच सहकार्य गर्नु पर्ने कुरा बताएका थिए । रेडन कलेजका प्रिन्सिपल प्रा.डा. देवीदत्त पौडेलले नेपालमा सुर्तीजन्य पदार्थ एक जटिल समस्याको रुपमा देखा परेको कुरा व्यक्त गरे ।
उनले क्यान्सर काउन्सिल नेपालले विद्यार्थीहरुलाई सुर्तीजन्य पदार्थबाट जोगाउनको लागि जनचेतनामूलक कार्यक्रम संचालन गरेकोमा धन्यावाद व्यक्त गरेका थिए । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले सुर्तीजन्य पदार्थको कारण दिन प्रतिदिन नेपालमा क्यान्सर, मुटु, दम, क्षयरोग, स्वाश्प्रश्वास लगायत विभिन्न रोगहरुबाट मानिसहरुले अकालमै ज्यान गुमाइ रहेको कुरा ब्यक्त गरेका थिए ।
त्यस्ता रोगहरुको उपचारको लागि वर्षेनी लाखौ रुपैया खर्च हुने कुरा समेत डाक्टर पौडेलले बताए । उनका अनुसार गर्भवती महिलाले चुरोट सेवन गरेमा कम तौलको बच्चा जन्मने र बच्चामा विभिन्न किसिमका शारीरिक समस्याहरु देखा परेका छन । डा. पौडेलले सुर्तीजन्य पदार्थ रोकथाम गर्न सकेमा लाखौ रुपैयाको बचत हुने र स्वस्थ समाज निर्माण गर्न योगदान पुग्ने समेत विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न