काठमाडौं । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले सुर्तीजन्य पदार्थ विरुद्धको ऐन–२०६८ कार्यान्वयन नहुन दुःखद् भएको बताएका छन् । क्यान्सर काउन्सिल नेपालको आयोजना र नेपाल टेलिकमको सहकार्यमा विश्व धुम्रपान रहित दिनको अवसरमा काठमाडौँको रेडन कलेज सामाखुसीमा आयोजित एक दिने अन्तरक्रियात्मक तथा जनचेतनामूलक कार्यक्रममा बोल्दै अध्यक्ष कडरियाले यस्तो बताएका हुन् ।
कडरियाले विद्यालय उमेरका बालबालिकाहरु साथीहरुको प्रभावले श्ुारुमा सुर्तीजन्य पदार्थको सेवन गरेता पनि कालान्तरमा लागू पदार्थको सेवन गर्ने गरेको पाईन्छ जसले गर्दा समाजमा अपराधजन्य घटना बढने कुरा बताए । उहाँले नेपालमा सुर्तीजन्य पदार्थ रोकथामको लागि जनचेतनामूलक कार्यक्रम र सुर्तीजन्य पदार्थ विरुद्धको ऐन २०६८ लागू गर्न जोड दिनु पर्ने वताए ।
सुर्तीजन्य पदार्थ विरुद्धको ऐन प्रभावकारी रुपमा कार्यन्वयन गर्न सकेमा सुर्तीजन्य पदार्थका कारण हुने रोगहरुमा कमी आउने कुरा उनले व्यक्त गरे । कडरियाका अनुसार नेपालमा प्रत्येक वर्ष १५ हजार भन्दा बढी मानिसहरुले सुर्तीजन्य पदार्थको कारण अकालमा ज्यान गुमाई रहेको कुरा व्यक्त गरे । उक्त कार्यक्रममा विद्यालयका अध्ययनरत विद्यार्थी, शिक्षक, सर्वसाधारण र सरोकारवालाहरु लगायत १५० जना व्यक्तिहरु सहभागी थिए । सरोकारवालाहरुले सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि नागरिक समाज, विभिन्न संघ संस्था र नेपाल सरकारका विभिन्न निकायवीच सहकार्य गर्नु पर्ने कुरा बताएका थिए । रेडन कलेजका प्रिन्सिपल प्रा.डा. देवीदत्त पौडेलले नेपालमा सुर्तीजन्य पदार्थ एक जटिल समस्याको रुपमा देखा परेको कुरा व्यक्त गरे ।
उनले क्यान्सर काउन्सिल नेपालले विद्यार्थीहरुलाई सुर्तीजन्य पदार्थबाट जोगाउनको लागि जनचेतनामूलक कार्यक्रम संचालन गरेकोमा धन्यावाद व्यक्त गरेका थिए । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले सुर्तीजन्य पदार्थको कारण दिन प्रतिदिन नेपालमा क्यान्सर, मुटु, दम, क्षयरोग, स्वाश्प्रश्वास लगायत विभिन्न रोगहरुबाट मानिसहरुले अकालमै ज्यान गुमाइ रहेको कुरा ब्यक्त गरेका थिए ।
त्यस्ता रोगहरुको उपचारको लागि वर्षेनी लाखौ रुपैया खर्च हुने कुरा समेत डाक्टर पौडेलले बताए । उनका अनुसार गर्भवती महिलाले चुरोट सेवन गरेमा कम तौलको बच्चा जन्मने र बच्चामा विभिन्न किसिमका शारीरिक समस्याहरु देखा परेका छन । डा. पौडेलले सुर्तीजन्य पदार्थ रोकथाम गर्न सकेमा लाखौ रुपैयाको बचत हुने र स्वस्थ समाज निर्माण गर्न योगदान पुग्ने समेत विश्वास व्यक्त गरे ।
चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई
चैत २४,काठमाडौं । सर्वोच्च अदालत ले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूका परिवारले हक–अधिकार उपभोग गर्न
पोखरा, १६ चैत २०८२ । गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न
चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन
चैत १३ काठमाडौँ । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। रामचन्द्र पौडेलले उनलाई आज बिहान प्रधानमन्त्रीमा नियुक्त
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,