
२४ बैशाख, भक्तपुर । भक्तपुर नगरपालिकाको तेखापुखु टोलमा गएराति आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । आगलागी बिहान आठ बजेसम्म पनि नियन्त्रणमा आएको छैन ।
राति करिब साढे एक बजेतिरबाट लागेको आगोले स्थानीय इन्द्र शिल्पकार, कृष्णप्रसाद शिल्पकार, दानबहादुर शिल्पकार, चन्द्रलाल शिल्पकार र पुरुषोत्तम शिल्पकारको घर जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
आगो निभाउनका लागि छेउँछाउँका घरहरु भत्काइएको छ ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा लगायतको क्षति भएको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
आगलागीबाट आगो निभाउन भक्तपुरसहित काठमाडौं र ललितपुर प्रहरीका दमकल पुगेका थिए । त्यस्तै, आगो निभाउन भक्तपुर नगरपालिका र नेपाली सेनाका ट्यांकरहरु पनि प्रयोग गरिएको थियो ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग