२३ वैशाख , काठमाडौं । सरकारले स्थानीय तहको चुनावका कारण दक्षिण कोरियामा रोजगारीका लागि जान लिइने भाषा परीक्षा नरोकिने स्पष्ट पारेको छ । परीक्षार्थीहरुमा चुनावका कारण भाषा परीक्षा हुने/नहुने अन्योल बढेपछि इपीएस परीक्षा निर्धारित मितिमै हुने वैदेशिक रोजगार विभाग अन्तरगतको इपीएस कोरिया शाखाले बताएको छ ।
जेठको २७ र २८ गते इपीएसको परीक्षा हुँदैछ । जेठ ३१ गते विभिन्न प्रदेश दोस्रो चरणमा स्थानीय तहको चुनाव भएकाले परीक्षार्थीहरु जाँच सकेर भोट हाल्न पुग्न भ्याउने इपीएस शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए ।
‘परीक्षामा बाधा आउँदैन । ढुक्कले परीक्षार्थीले तयारी गर्नुभए हुन्छ । परीक्षा दिएर गाउँ फर्किएर भोट हाल्न भ्याउने स्थिति छ’ खतिवडाले भने ।
यो वर्ष भाषा परीक्षाका लागि ७५ हजार ६ सयभन्दा बढी युवाले आवेदन दिएका थिए । त्यसमध्ये झण्डै ४ सयको फारम अवैध भएकाले खारेज गरिएको छ । कोरियाले यो पटक १० हजार २ सय नेपालीलाई लैजानेछ ।
गत वर्ष ३५ सयका लागि संख्या ६० हजार परीक्षार्थी सहभागी भएका थिए । तर, यो पटक कोटा बढेका कारण पनि धेरैको आवेदन परेको छ । यसपटक अनलाइनमार्फत आवेदन लिइएको थियो ।
कोरिया जानका लागि उत्पादनमूलक समूहमा २४ हजार ३८७ जनाले आवेदन दिएका छन् भने कृषि समूहमा ५१ हजार २२० जनको आवेदन परेको छ ।
यो वर्ष परीक्षा दिनेमध्येबाट कृषितर्फ ६ हजार २ सय र उत्पादनमूलक क्षेत्रतर्फ ४ हजार कामदार उर्त्तीण हुनेछन् ।
काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा