मुम्बई इन्डियन्स दशौं आइपिएलको प्लेअफमा प्रवेश गर्ने पहिलो टिम बन्न पुगेको छ। विराट कोहलीको रोयल च्यालेञ्जर्स बेङ्लोरलाई ५ विकेटले पराजित गर्ने क्रममा मुम्बई प्लेअफमा प्रवेश गर्यो।
अन्तिम ओभरमा जितका लागि ७ रन आवश्यक रहेको अवस्थामा मुम्बईका कप्तान रोहित शर्माले शेन वाट्सनको पाँचौ बलमा चौका प्रहार गर्दै आफ्नो टोलीलाई एक बल बाँकी रहँदै विजय दिलाए।
रोहितले कप्तानी इनिङ खेल्दै १ छक्का र ६ चौकाको सहयोगले ३७ बलमा अविजित ५३ रन बनाएका थिए। जस बटलरले ३३ रन बनाएका थिए।
यसअघि रोयल च्यालेञ्जर्स बेङ्लोरले पहिलो ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो। कप्तान विराट कोहली चाँडै आउट भएपछि बेङ्लोरको अवस्था नाजुक बनेको थियो। कोहली १४ बलमा २ छक्काको सहयोगले २० रन बनाउदै आउट भए। उनलाई मिचेल म्याकलङघनले आफ्नो शिकार बनाए।
बेङ्लोरका लागि सर्वाधिक रन एबी डीभिलियर्सले ३ छक्का र ३ चौकाको सहयोगले २७ बलमा ४३ रन बनाए। पवन नेगीले ३ छक्काको सहयोगले ३५ रन बनाएका थिए। केदार जाधव र नेगीले छैटौं विकेटका लागि बनाएको ५४ रनको साझेदारी नै इनिङको सर्वाधिक ठूलो साझेदारी थियो। जाधवले २८ रन बनाए। यी दुवैलाई म्याकलङघनले १९ ओभरको चौथो र पाँचौ ओभरमा लगातार आउट गरेका थिए। छैटौं बलमा उनी ह्याट्रिक निकट थिए। तर, श्रीनाथ अरविन्द रन लिने चक्करमा रनआउट भएका थिए।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग