५३ घण्टामा १ हजार व्यञ्जन !

benjan

भारतको नागुपरस्थित इन्ष्टिच्युट अफ इन्जिनियर्सको हलमा विशेष तरिकाले बनाइएको एक विशाल किचेनमा ग्यास स्टोभ र चिम्नीहरु लगाइयो । अनि सुरु भयो लगातार घण्टौँसम्म खाना पकाउने सिलसिला ।

शेफ विष्णु मनोहरले १२ वटा क्यामराको अगाडि ५३ घण्टासम्म एक हजार थरी शाकाहारी व्यञ्जन बनाएर विश्व रेकर्ड बनाएको दाबी पेश गरेका छन् । उनले हरेक आठ घण्टामा ४० मिनेटको विश्राम पनि लिए ।

 

मराठी रेडियो तथा टेलिभिजनमा चर्चित नाम विष्णु मनोहरले कैयन् च्यानलमा पकवान शो देखाइसकेका छन् । उनले भारतमा सबैभन्दा ठूलो परौँठा र कबाब बनाउने दाबी पनि गरिसकेका छन् । अहिले उनको ध्यान भने गिनिज बुकतर्फ छ ।

तिन दिन, दुई रातसम्म लगातार ५३ घण्टासम्म किचेनमा बिताएर १ हजार व्यञ्जन बनाउन लरतरो काम होइन ।

केही महिना पहिले एक सेमिनारको क्रममा अमेरिकामा जाँदा कसैले उनलाई लगातार खाना पकाएर विश्व रेकर्ड कायम गर्ने अमेरिकी व्यक्तिका विषयमा सुनाएसँगै उनमा पनि नयाँ रेकर्ड बनाउने हुटहुटी सुरु भयो । त्यसपछि उनले कुकिंगमा यस्तो रेकर्ड कायम गर्ने निधो गरे जसलाई भंग गर्न गाह्रो होस् ।

१२ वटा क्यामराले विभिन्न एंगलबाट खिचेर बनाएको भिडियो प्रमाणिकरणका लागि गिनिज बुकको कार्यालयमा पठाइनेछ । जहाँ अधिकारीहरुले निरिक्षण गरी विष्णुको विश्व रेकर्ड दर्ज हुनेछ । यसो गर्न तिन महिनासम्म लाग्ने विष्णुका भाई प्रवीण बताउँछन् ।

प्रवीणका अनुसार गिनिज बुकको नियम अनुसार हरेक एक घण्टामा ५ मिनेटको ब्रेक लिन सकिन्छ । विष्णुले पनि ८ घण्टापछि ४० मिनेटको आराम लिए । प|mेस हुने, मसाज गर्ने तथा केही मिनेट निद्रा लिने काम उनले उक्त खाली समयमा गरे ।

उक्त खाली समयमा डाक्टरको टोलीले उनको ब्लड प्रेसर, ब्लड ग्लुकोज तथा अक्सिजन लेभल आदिको जाँच गर्दथ्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कारागार अनुगमनपछि मानवअधिकार आयोगको टिप्पणी : रवि लामिछानेको कोठामा दुई पंखा, तर झ्याल बन्द, झ्याल खोल्ने व्यवस्था मिलाउने कारागार प्रशासनको प्रतिबद्धता

रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

अस्ट्रेलियाली प्रहरीद्वारा जासुसी आरोपमा चिनियाँ नागरिकविरुद्ध मुद्दा दायर

सिड्नी, साउन १९ गते। अस्ट्रेलियाली प्रहरीले एक चिनियाँ नागरिकविरुद्ध विदेशी सरकारको पक्षमा जासुसी गरेको आरोपमा

आज राति बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, डुबान र भूक्षयको उच्च जोखिम!

काठमाडौं, साउन १६ गते। आजको रात बागमती प्रदेशका पहाडी भेगमा भारी वर्षाको चेतावनी दिइएको छ।

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो