अचम्म ! यो देशमा सडकले आफैं पुर्छ सडकका खाल्डाखुल्डी

roadसडकका खाल्डाखुल्डीबाट को पीडित नहोला ? हाम्रोजस्तो देशमा त सरकारको पूरै कार्यकाल नै एउटा सडकको खल्डाखुल्डी सम्याउँदैमा बित्दछ, तरपनि खाल्डा उस्तै रहन्छन् । विश्वमा सडक दुर्घटनामा हुने मृत्युमध्ये एक तिहाइ ती सडककै खाल्डाखुल्डीका कारण भएका हुन्छन् ।

तर यो दुनियामा एउटा यस्तो देश पनि छ जहाँ सडकका खाल्डा सरकारले पुरिरहनु पर्दैन, सडक आफैले आफ्ना खाल्डा पुर्दछ ।

 

नेदरल्याण्डमा बनाइएको छ यस्तो अद्भुत सडक । नेदरल्याण्डका वैज्ञानिकहरुले यस्तो पदार्थ पत्ता लगाएका छन् जसलाई सडक निर्माणमा प्रयोग गर्न सकिन्छ र त्यसले आफुलाई आफै मर्मत गर्दछ ।

आफै मर्मत हुने एस्फाल्ट नामक पदार्थको नेदरल्याण्डका विभिन्न १२ वटा सडकमा परीक्षण भैरहेको छ । त्यसमध्ये एएटा सडक २०१० देखि नै संचालनमा छ, र अहिलेसम्म उक्त सडकमा कहीँपनि खाल्डाखुल्डी परेको छैन । सामान्य कंक्रिट तथा एस्फाल्टबाट बन्ने सडक ७ देखि १० वर्षमा मर्मत गर्नैपर्दछ । तर आफै मर्मत हुने एस्फाल्टबाट बन्ने सडक भने केही महंगो पर्ने भएपनि २०/२५ वर्षसम्म जस्ताको तस्तै रहन्छ ।

आफै खाल्डाखुल्डी पुर्ने यस्तो सडक संचालनमा आउँदा नेदरल्याण्डमा सडक क्षेत्रमा हुने खर्चमा ९ करोड युरो जोगिने प्रक्षेपण गरिएको छ ।

एस्फाल्ट मात्र होइन वैज्ञानिकको टोलीले कंक्रिटलाई समेत आफै मर्मत हुने खालको बनाउन कंक्रिटमा ब्याक्टेरिया हाल्ने उपायको अनुसन्धान गरिरहेका छन् । ती ब्याक्टेरियाले क्याल्सियम कार्बोनेट उत्पादन गर्नेछन् र सडकमा परेका खाल्डा तथा चिराहरु भर्नेछन् । यी ब्याक्टेरिया प्रकृतिमा २ सय वर्षसम्म बाँच्न सक्ने वैज्ञानिकको भनाई छ । त्यसैले यस्ता सडक कंक्रिटको आयुभर टिक्नेछन् भने मानिसलाई असर पनि पर्नेछैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग