स्कुलमा नर्स अनिवार्य, जंकफुड र कोल्ड ड्रिङ्क्स निषेध गर्ने तयारी

1438729922nepal-schoolsकाठमाडौँ- विद्यार्थीको स्वास्थ्यप्रति चासो दिँदै स्वास्थ्य मन्त्रालयले निजी विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनबीच सम्झौता गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान अन्तर्गत हरेक विद्यार्थीलाई स्वस्थ राख्न प्याब्सन र एनप्याब्ससँग समझदारी गर्न लागेको हो।

मन्त्रालयले समझदारी पत्रको खाकासमेत तयार पारिसकेको छ। उक्त विषयमा प्याब्सन र एनप्याब्सन पनि सकारात्मक देखिएको स्वास्थ्य मन्त्री गगन थापाका प्राविधिक सल्लाहकार अमित अर्यालले जनाएका छन्। उनका अनुसार केही दिनमा समझदारी पत्रमा हस्ताक्षर हुनेछ।

मन्त्रालयले तयार पारेको समझदारी पत्र अनुसार ‘एक विद्यार्थी एक खेलकुद’ भन्ने नारासहित हरेक विद्यार्थीलाई कुनै एक खेलकुदमा सहभागी गराउनुपर्ने उल्लेख छ। प्रत्येक विद्यालयमा एक जना नर्सको व्यवस्था गरी विद्यार्थीलाई स्वास्थ्य शिक्षा दिन तथा नियमित स्वास्थ्य परीक्षण र स्वस्थ व्यवहार अवलवन गराउनुपर्ने सम्झौता पत्रमा उल्लेख छ।

यस्तै, विद्यालय हाताभित्र चिनीयुक्त गुलियो पेय पदार्थ (कोल्ड ड्रिङ्क्स) र जंकफुड बर्जित गर्ने र घरमा तथा टिफिनमा बच्चालाई पोषिलो खानेकुरा दिन अभिभावकलाई प्रोत्साहन गर्ने जस्ता बुँदा सम्झौता पत्रमा हुनेछन्।

भविष्यमा नागरिकले स्वस्थ जीवनशैली अपनाउँदै उत्पादनशील जीवन बिताउन सकुन् भनेर विद्यालय तहबाटै असल आचरण सिकाउनुपर्ने यो अभियानको लक्ष्य रहेको अर्यालले जनाए।

उनले भने, ‘नसर्ने रोगहरु तनाव, जीवनशैली, खानपान र वातावरणसँग सम्बन्धित रहेकाले यस्ता व्यवहार उमेर पुगेपछि परिवर्तन गर्न कठिन हुने भएकाले बाल्यकालदेखि नै निरोगी र स्वस्थ राख्न अभ्यस्त गराउनुपर्ने हुन्छ।’

यो अभियानबाट बाल्यकालमै वंशाणुगत रोग तथा अन्य समस्याको पहिचान र उपचार गर्न समेत सहयोग पुग्ने अपेक्षा लिइएको छ। बालबालिकालाई पोषिलो खानपान र स्वस्थ जीवनशैलीको बानी बसाउन यो सम्झौताले ठूलो भूमिका खेल्नसक्ने बताइएको छ।

सम्झौतापत्रमा हस्ताक्षर भएपछि प्याब्सन र एनप्याब्सनलाई मन्त्रालयले विद्यार्थीको व्यवहार परिवर्तनका लागि आवश्यक चेतनामूलक अध्ययन सामाग्री, ब्रोसरहरू, स्वास्थ्य परीक्षणका लागि अवश्यक उपकरण, विद्यालयमा कार्यरत नर्सको क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण तालिम लगातयतका सहयोग गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित