स्कुलमा नर्स अनिवार्य, जंकफुड र कोल्ड ड्रिङ्क्स निषेध गर्ने तयारी

1438729922nepal-schoolsकाठमाडौँ- विद्यार्थीको स्वास्थ्यप्रति चासो दिँदै स्वास्थ्य मन्त्रालयले निजी विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनबीच सम्झौता गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान अन्तर्गत हरेक विद्यार्थीलाई स्वस्थ राख्न प्याब्सन र एनप्याब्ससँग समझदारी गर्न लागेको हो।

मन्त्रालयले समझदारी पत्रको खाकासमेत तयार पारिसकेको छ। उक्त विषयमा प्याब्सन र एनप्याब्सन पनि सकारात्मक देखिएको स्वास्थ्य मन्त्री गगन थापाका प्राविधिक सल्लाहकार अमित अर्यालले जनाएका छन्। उनका अनुसार केही दिनमा समझदारी पत्रमा हस्ताक्षर हुनेछ।

मन्त्रालयले तयार पारेको समझदारी पत्र अनुसार ‘एक विद्यार्थी एक खेलकुद’ भन्ने नारासहित हरेक विद्यार्थीलाई कुनै एक खेलकुदमा सहभागी गराउनुपर्ने उल्लेख छ। प्रत्येक विद्यालयमा एक जना नर्सको व्यवस्था गरी विद्यार्थीलाई स्वास्थ्य शिक्षा दिन तथा नियमित स्वास्थ्य परीक्षण र स्वस्थ व्यवहार अवलवन गराउनुपर्ने सम्झौता पत्रमा उल्लेख छ।

यस्तै, विद्यालय हाताभित्र चिनीयुक्त गुलियो पेय पदार्थ (कोल्ड ड्रिङ्क्स) र जंकफुड बर्जित गर्ने र घरमा तथा टिफिनमा बच्चालाई पोषिलो खानेकुरा दिन अभिभावकलाई प्रोत्साहन गर्ने जस्ता बुँदा सम्झौता पत्रमा हुनेछन्।

भविष्यमा नागरिकले स्वस्थ जीवनशैली अपनाउँदै उत्पादनशील जीवन बिताउन सकुन् भनेर विद्यालय तहबाटै असल आचरण सिकाउनुपर्ने यो अभियानको लक्ष्य रहेको अर्यालले जनाए।

उनले भने, ‘नसर्ने रोगहरु तनाव, जीवनशैली, खानपान र वातावरणसँग सम्बन्धित रहेकाले यस्ता व्यवहार उमेर पुगेपछि परिवर्तन गर्न कठिन हुने भएकाले बाल्यकालदेखि नै निरोगी र स्वस्थ राख्न अभ्यस्त गराउनुपर्ने हुन्छ।’

यो अभियानबाट बाल्यकालमै वंशाणुगत रोग तथा अन्य समस्याको पहिचान र उपचार गर्न समेत सहयोग पुग्ने अपेक्षा लिइएको छ। बालबालिकालाई पोषिलो खानपान र स्वस्थ जीवनशैलीको बानी बसाउन यो सम्झौताले ठूलो भूमिका खेल्नसक्ने बताइएको छ।

सम्झौतापत्रमा हस्ताक्षर भएपछि प्याब्सन र एनप्याब्सनलाई मन्त्रालयले विद्यार्थीको व्यवहार परिवर्तनका लागि आवश्यक चेतनामूलक अध्ययन सामाग्री, ब्रोसरहरू, स्वास्थ्य परीक्षणका लागि अवश्यक उपकरण, विद्यालयमा कार्यरत नर्सको क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण तालिम लगातयतका सहयोग गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन