कांग्रेसले परिकल्पना गरेको स्थानीय सरकार ?

Sher-bahadur-Dauba-1-768x460

 

१२ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहमा जनशक्ति, वित्त स्रोत साधन, शासकीय प्रवन्ध र व्यवस्थापकीय कौशल सुनिश्चित गराउने प्रतिवद्धता जनाएको छ ।

आगामी १० वर्षमा नेपाललाई मध्यम आययुक्त गतिशील राष्ट्र बनाउने आफ्नो उद्देश्य रहेको भन्दै कांग्रेसले एक दशकसम्म बाषिर्क सातदेखि १० प्रतिशतसम्म उच्च आर्थिक बृद्धिदर हासिल गर्न हरेक वर्ष ३ देखि ५ लाख रोजगारी सिर्जना गर्ने दाबी गरेको छ । यसका लागि स्वेदशी र विदेशी लगानी परिचालन गर्ने कांग्रेसले आफ्नो घोषणा पत्रमा उल्लेख गरेको छ ।आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गर्दै कांग्रेसले आफूले पकिल्पना गरेको स्थानीय सरकार कस्तो हुनेछ भन्ने बताएको छ ।

झण्डै-झण्डै बजेटजस्तै गरी कांग्रेसको घोषणा पत्रमा निकै लोकप्रिय नाराहरु अघि सारिएको छ । तर, घोषणा पत्र मस्यौदा समितिका संयोजक महेश आचार्यले भने, ‘यो प्रतिवद्धता पत्र मात्र होइन, कार्यान्वयन गर्न सक्ने संकल्प हो । यो हासिल गर्न सकिन्छ ।’

कांग्रेसले ‘युवा उद्यम चुनौती कोष’ कार्यान्वयनमा ल्याउने बताएको छ । युवा जाँगर र उद्यमशीलता प्रयोग गर्न १६ देखि ४५ वर्षसम्मका युवालाई लक्षित गरी २५+२५+५० को सहुलियतपूर्ण वित्तीय कार्यक्रम ल्याउने उसले बताएको छ । कांग्रेसका अनुसार यो कार्यक्रम अन्तरगत २० प्रतिशत युवा उद्यमी आफैंले, २० प्रतिशत अनुदार र बाँकी ५० प्रतिशत सहुलियतपूर्ण ऋण सहायता हुनेछ ।

बैदेशिक रोजगारीमा रहेका वा फर्किएका युवाको सीप, दक्षता, पूँजी र विप्रेषण आयलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै भविश्यमा निवृत्तिभरण सरह लाभांस पाउने गरी रेमिट हाइड्रो, रेमिट पूर्वाधार, रेमिट आवास जस्ता योजना स्थानीय तहमै कार्याँन्वयन गर्ने कांग्रेसको प्रतिवद्धता छ ।

साथै विदेशमा रहेका नेपालीले गाउँ नगरका आयोजनामा लगानी गर्न चाहे स्थानीय र प्रदेश सरकारले पनि समपूरक कोष प्रदा गर्ने बताएको छ । यसो गर्दा रेमिट्यान्सबाट एक रुपैयाँ आउन्दा प्रदेश र स्थानीय सरकारले पनि एक-एक रुपैयाँ लगानी गर्नेछ ।

कृषक उद्यमीका लागि सुलभ ऋण, भूपयोग योजना, बाह्रै महिना सिंचाई, पशु बधशालाको निर्माण, कृषिबाली एवं पशुधन बीमा र कृसान क्लब गठन गरिनेछ ।

सरकारी स्वामित्वमा रहने प्रशोधन केन्द्र स्थापनामा पूँजीगत अनुदान दिने, एक वार्ड एक हाट बजार, विद्युतको प्रसारण लाइन निर्माणमा अनुदान दिइने जस्ता प्रतिवद्धता पनि कांग्रेसले आफ्नो घोषणा पत्रमा समेटेको छ ।

कांग्रेसले महानगरहरुमा फ्लाइओभर, टनेल मार्ग र आकाशेपुलका साथै सम्भाव्य स्थलमा मोनो रेल निर्माण गर्ने योजना अघि सारेको छ । साथै अन्य स्थानीय तहलाई पनि पर्यटनको आकर्षण स्थलका रुपमा विकास गर्ने बताएको छ ।स्थानीय सरकारहरुले विशिष्ट पर्यटन क्षेत्र पहिचान गर्ने, ऐतिहासिक, धार्मिक-सांस्कृतिक, प्राकृतिक आकर्षणका स्रोत र सम्पदालाई आर्थिक आयको आधार बनाउने, पूर्वाधार र सुविधा नपुगेका सम्भाव्य पर्यटन स्थलमा लगानीकर्ता भित्र्याउने, परम्परागत भौतिक संरचनालाई मौलिक एवं वुटिकका आवासमा परिर्वतन गर्न प्रोत्साहन गर्ने कांग्रेसको घोषणा पत्रमा उल्लेख छ ।

कांग्रेसले केन्द्र र प्रदेशमाथिको निर्भरता घटाउँदै स्थानीय राजश्वको अधार फराकिलो बनाउने बताएको छ । ‘उद्यमीलाई दोहोर करको भार नपार्ने मात्र होइन, करको भार पनि न्यूनमत हुने गरी नीति ल्याइनेछ, उसले भनेको छ ।

करको प्रशासनिक प्रक्रिया सरल गर्ने, सम्पत्ति, व्यवसाय, विज्ञापन, घर बहाल, मनोरञ्जन कर जस्ता स्थानीय आम्दानीका स्रोतको अभिलेख राख्ने र सूचना प्रविधिको प्रयोग गरेर पारदर्शी बनाउने कांग्रेसको घोषणा पत्रमा उल्लेख छ । सार्वजनिक खरिद अनुगमन र नागरिक रिपोर्ट कार्ड जस्ता स्थानीय सरकारलाई जवाफदेही बनाउने विधि अपनाइने उसले बताएको छ ।

प्रदेश र स्थानीय तहलाई ६०० अर्ब बजेट

कांग्रेसले संघीय बजेटको आधाभन्दा बढी प्रदेश र स्थानीय सरकारमा साझै पठाउने प्रतिवद्धता जनाएको छ । यो आगामी आर्थिक वर्षमा नै करिव ६०० अर्ब हुने उसले बताएको छ । स्थानीय तहमै जनताको माग र आवश्यकता अनुसार आयोजना छनोट र निर्माण प्रभावकारी बनाउने, महत्वपूर्ण स्थानीय परियोजानामा बहुवषर्ीय बजेटको प्रतिवद्धता गरिने समेत बताएको छ ।

उसले घोषणा पत्रमा नै स्थानीय सरकारले परियोजना सुरु गर्दा खोजिने आधार पेश गरेको छ, जसमा रणनीतिक, विकास, वित्तीय, प्राविधिक र व्यवस्थापकीय छन् ।

कांग्रेसले १० वर्षभित्र भोकमरी र कुपोषण अन्त्य गर्ने र गरिबीको रेखामुनि रहेका जनताको संख्यालाई ३ प्रतिशतभन्दा तल झार्ने कांग्रेसको संकल्प छ ।

कांग्रेसले कुनै पनि नेपाली नागरिक नछुट्ने गरी सामाजिक सुरक्षा कार्यक्रम बनाउने बताएको छ । अनौपचारिक क्षेत्रमा कार्यरत श्रमजीवीको न्यूनतम ज्याला निर्धारणमा स्थानीय सरकारले सहजीकरण गर्ने उनको बाचा छ ।

कांग्रेसले स्थानीय सरकारको ५ वर्षभित्र १५ देखि २४ वर्ष उमेर समूहका सबै नेपालीलाई साक्षर बनाउने बताएको छ । साथै माध्यमिक तहसम्म पूर्ण निःशुल्क, अनिवार्य र गुणस्तरीय बनाउने घोषणा पत्रमा उल्लेख छ ।

कांग्रेसले १२ कक्षाको अन्तिम परीक्षामा सहभागी एक लाख युवालाई तरुण सीववृत्ति योजना अन्तरगत स्थानीय प्रशासनमा इन्टर्नसीप गर्ने व्यवस्था मिलाउने बाचा गरेको छ । सामुदायिक आवासीय विद्यालय निर्माण गर्ने र त्यहाँ अति विपन्न वालवालिकाको सबै खर्च व्यहार्ने उसको दाबी छ ।

कांग्रेसले एक विपन्न परिवारः सीप सिकाई केन्द्रमा एक निःशुल्क अवसर, पुराना शिक्षकलाई स्वैच्छिक अवकास दिई नयाँ भर्ना गर्न शिक्षक रुपान्तरण योजना, निजी स्कुलकम भाउचर कार्यक्रम चलाउने बताएको छ । एक वार्ड-एक लाइव्रेरी, एक वार्ड-एक योग तथा प्राकृतिक चिकित्सा केन्द्र, एक टोल-एक शिशु विकास केन्द्र, सबै विद्यालयमा प्रत्येक महिना स्वास्थ्य परीक्षण जस्ता नारा पनि अघि सारेको छ ।

हरेक गाउँपालिकामा १५ शैयाको अस्पताल

कांग्रेसले आफ्नो घोषणापत्रमा प्रत्येक गाउँपालिकामा १५ शैयाको अस्पताल, नगरपालिकामा २५ देखि ५० शैयाको अस्पताल स्थापनाको प्रतिबद्धता जनाएको छ । निःशुल्क डायलेसिस र महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षणलाई स्थानीय स्तरसम्म विस्तार गर्ने पनि उसको प्रतिवद्धता छ ।

कांग्रेसले सबै गाविसमा स्वास्थ्य संस्था स्थापना गर्ने र प्रत्येक वडामा तलबी नर्स स्वयंसेवक खटाएर सुरक्षित मातृत्व तथा शिशु स्वास्थ्य उपचारको व्यवस्था गर्ने बताएको छ । प्रत्येक नागरिकको स्वाथ्य विमा, विशिष्ट चिकित्सा पर्यटन, एक विपन्न परिवारः पानीको एक निःशुल्क धारा, स्थानीय तहसम्म सुुत्केरी भएको २ वर्षसम्म पोषण कुपन नारा पनि दिएको छ ।

कांग्रेसले घोषणा पत्रमा सामाजिक सुरक्षामा उल्लेख्य बृद्धि गर्ने र प्रत्येक दुई वर्षमा पुनरावलोकन गर्ने प्रतिवद्धता पनि घोषणा पत्रमा गरेको छ । साथै हरेक गाउँपालिकामा एकीकृत ज्येष्ठ नागरिक सेवा आश्रम स्थापना गर्ने बताएको छ ।

१० वर्षभित्र शिशु मृत्यु दरलाई ५ वर्षभन्दा कम र मातृ मृत्युदरलाई प्रति एकलाखमा ५० भन्दा कममा झार्ने अठोट गरिएको घोषणा पत्रमा उल्लेख छ ।

कांग्रेसको घोषणा पत्रको पूर्णपाठ

 

 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

बुद्ध जन्मभूमिलाई विश्व शान्ति गन्तव्यका रूपमा विकास गर्छौँ : प्रधानमन्त्री

 जेठ १०, लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका