चुनाव चिन्ह नदिएको भन्दै नयाँ शक्तिले भोलिबाट आन्दोलन गर्ने

काठमाडौँ, वैशाख १० – नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले आफुहरुलाई दलीय चुनाव चिन्ह नदिएको भन्दै भोलिबाट सरकार विरुद्ध आन्दोलन गर्ने बताएका छन् ।

निर्वाचन आयोगमा दलीय चुनाव चिन्हका विषयमा छलफल गर्न पुगेको भट्टराईले प्रमुख निर्वाचन आयुक्तसँगको छलफलपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

यद्यपी यो आन्दोलन कस्तो हुने भन्ने उनले स्पष्ट गरेनन् । दलीय चुनाव चिन्ह पाउने अधिकारबाट बंचित गरिएको भन्दै नयाँ शक्तिसहितका ६८ दल आन्दोलनमा छन् । उसले यस अघि गत चैत्र २१ गते निर्वाचन आयोग घेराउको कार्यक्रम गरेको थियो । सो क्रममा नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईसहितका नेता कार्यकर्तालाई प्रहरीले १२ घण्टा आफ्नो नियन्त्रणमा राखेको थियो ।
baburam-pakrau-1
यसबाहेक नयाँ शक्तिको बैशाख ८ गते सकिएको केन्द्रीय कार्यकारीणी समितिको वैठकले पार्टीको सम्पूर्ण शक्ति स्थानीय तह निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरेको थियो । बैठकले दलीय चुनाव चिन्हका लागि संघर्ष र निर्वाचनमा सहभागी हुन तयारीमा नै सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको हो ।

त्यस वैठकले पार्टीको सम्पूर्ण शक्ति दलीय चुनाव चिन्हका लागि संघर्ष र निर्वाचनमा सहभागी हुन तयारीमा लगाउने , स्थानीय तह निर्वाचनमा नयाँ शक्ति पार्टीको प्रतिवद्धतापत्र एक साताभित्र सार्वजनिक गर्ने, नयाँ शक्तिको विचार, सिद्धान्त र ५‘स’को अवधारणामा सहमत हुने शक्तिहरुसँग कार्यगत एकता, निर्वाचनमा तालमेल तथा ध्रुवीकरणका लागि खुल्ला रहने रहने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन