बैशाख ३१ मै चुनाव हुन्छ: प्रमुख निर्वाचन आयुक्त

aayodhi-Prasad-Yadav-3-768x512९ बैशाख, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले बैशाख ३१ गतेको स्थानीय तह निर्वाचनको मितिसार्न नसकिने बताएका छन् । उनले भने, ‘बैशाख ३१ मै चुनाव हुन्छ, मिति सार्न सकिँदैन ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख आयुक्त डा. यादवले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने दाबी गरे । उनले भने, ‘आयोगले सम्पूर्ण तयारी गरिसकेको छ, निर्वाचन सामाग्रीहरु मतदान केन्द्रमा पुगिसकेका छन्, यस्तो अवस्थामा निर्वाचनको मिति सार्न सकिँदैन ।’

आयोगले निर्वाचनको लागि आवश्यक सबै सामाग्री जुटाइसकेको भन्दै उनले अघि भने, ‘निर्वाचन सुनिश्चित भइसक्यो, आयोगका परिसरमा आएर हेर्दा पनि थाहा हुन्छ, निर्वाचनको तयारी कहाँ पुग्यो भनेर ?

यद्यपि उनले केही ठाउँमा कुनै कारणले मिति सार्नुपर्ने भएपनि सरकारले आयोगसँग सल्लाह गर्नुपर्ने बताए । यादवले भने, ‘सारेपनि कति दिन सार्ने हो ? समयावधि कति हो ? कुन कुन विषयलाई लिएर सार्ने हो ? यस्तो विचारनीय कुरा निर्वाचन आयोगसँग छलफल गरेरमात्रै गर्नुपर्छ ।’

प्रमुख निर्वाचन आयुक्त यादवले मतदाता नामावली, मतदाता परिचयपत्र, मतपत्र, मसी लगायत निर्वाचनको लागि आवश्यक सामाग्री सम्बन्धित स्थानमा पुर्‍याउन शनिबारबाट ढुवानी सुरु भएको जानकारी दिए । उनले भने, ‘११ वटा उच्च हिमाली जिल्लामा हेलिकप्टरमार्फत र बाँकी जिल्लामा पूर्ण सुरक्षाका साथ ट्रकबाट सामाग्रीहरु ढुवानी हुन्छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन