बैशाख ३१ मै चुनाव हुन्छ: प्रमुख निर्वाचन आयुक्त

aayodhi-Prasad-Yadav-3-768x512९ बैशाख, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले बैशाख ३१ गतेको स्थानीय तह निर्वाचनको मितिसार्न नसकिने बताएका छन् । उनले भने, ‘बैशाख ३१ मै चुनाव हुन्छ, मिति सार्न सकिँदैन ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख आयुक्त डा. यादवले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने दाबी गरे । उनले भने, ‘आयोगले सम्पूर्ण तयारी गरिसकेको छ, निर्वाचन सामाग्रीहरु मतदान केन्द्रमा पुगिसकेका छन्, यस्तो अवस्थामा निर्वाचनको मिति सार्न सकिँदैन ।’

आयोगले निर्वाचनको लागि आवश्यक सबै सामाग्री जुटाइसकेको भन्दै उनले अघि भने, ‘निर्वाचन सुनिश्चित भइसक्यो, आयोगका परिसरमा आएर हेर्दा पनि थाहा हुन्छ, निर्वाचनको तयारी कहाँ पुग्यो भनेर ?

यद्यपि उनले केही ठाउँमा कुनै कारणले मिति सार्नुपर्ने भएपनि सरकारले आयोगसँग सल्लाह गर्नुपर्ने बताए । यादवले भने, ‘सारेपनि कति दिन सार्ने हो ? समयावधि कति हो ? कुन कुन विषयलाई लिएर सार्ने हो ? यस्तो विचारनीय कुरा निर्वाचन आयोगसँग छलफल गरेरमात्रै गर्नुपर्छ ।’

प्रमुख निर्वाचन आयुक्त यादवले मतदाता नामावली, मतदाता परिचयपत्र, मतपत्र, मसी लगायत निर्वाचनको लागि आवश्यक सामाग्री सम्बन्धित स्थानमा पुर्‍याउन शनिबारबाट ढुवानी सुरु भएको जानकारी दिए । उनले भने, ‘११ वटा उच्च हिमाली जिल्लामा हेलिकप्टरमार्फत र बाँकी जिल्लामा पूर्ण सुरक्षाका साथ ट्रकबाट सामाग्रीहरु ढुवानी हुन्छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने