बैशाख ९, बिराटनगर– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले मधेशी मोर्चा पनि निर्वाचनमा सहभागी विश्वास व्यक्त गरेका छन् ।
उपप्रधानमन्त्री थापाले मधेशी मोर्चा निर्वाचनमा सहभागी भए दुई चरणमा स्थानीय तहको निर्वाचन गराउन सरकार बाध्य हुने पनि स्पष्ट पारे । शनिवार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले मधेशी मोर्चालाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउन सरकारले स्थानीय तहको संख्या बढाउने तयारी गरिरहेको पनि उल्लेख गरे ।
उपप्रधानमन्त्री थापाले स्थानीय तहको संख्या बढेपछि एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गराउन राजनीतिक दृष्टिले समेत उपयुक्त नहुने धारणा पनि राखे ।
उपप्रधानमन्त्री थापाले राष्ट्रिय सभाको मताधिकार स्थानीय तहका प्रमुख÷उपप्रमुखले गर्न नपाउने मधेशी मोर्चाको सर्त भने राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मान्य नहुने पनि स्पष्ट पारे । उनले मधेशी मोर्चालाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउने विषयमा प्रमुख प्रतिपक्ष एमालेको पनि सहमति लिनुपर्नेमा पनि जोड दिए ।
उपप्रधानमन्त्री थापा सरकारले सबै दललाई समेटेर स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने कामलाई उच्च प्राथमिकता दिएको पनि बताए ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन