मधेसी मोर्चालाई चुनावमा ल्याउने ‘अन्तिम’ प्रयास, दिनभर बैठकै बैठक

Government-Madhesi-Morcha-Meeting-768x347

८ बैशाख, काठमाडौं । आन्दोलनको तयारीमा रहेको मधेसी मोर्चालाई चुनावमा ल्याउने अन्तिम प्रयास सुरु भएको छ । आज दिनभरमा कुनै सहमति नभए आफहरु भोलि मधेस झर्ने मोर्चाका नेताहरुले बताएका छन् ।

मधेसी मोर्चामा आवद्ध ६ दलले एकता गरेर राष्ट्रिय जनता पार्टी गठन गरेको भोलिपल्ट शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वार्तामा बोलाएका थिए ।

कांग्रेस शीर्ष नेताहरु समेत सहभागी भएको बैठकको सुरुमा प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाका नेताहरुसामू सरकारले ल्याएको संविधान संशोधन विधेयक र स्थानीय चुनावबारे तपाईहरुको धारणा के हो भनेर प्रश्न गरेका थिए ।

मोर्चाका नेताहरुले संशोधन विधेयकमा आफूहरुको चित्त नबुझेको भन्दै परिमार्जनको माग गरे । मधेसी मोर्चा एवं जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले भने, ‘धारा ७, २७४ र आयोग गठनमा हामीलाई चित्त बुझेको छैन । यसलाई परिर्माजन गरी जनताले केही पाउँछन् भन्ने सुनिश्चित हुन्छ कुरा मिल्छ ।’

उनीहरुले संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने बटमलाइन भएको बताएका छन् ।

माओवादी नेता वर्षमान पुन अनन्तले बालुवाटार बैठक सकारात्मक रहेको प्रतिक्रिया दिए ।

‘संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउने, मोर्चा निर्वाचनमा आउने र त्यसका लागि सरकारले यी दुबै कामलाई सँगसँगै अघि बढाउने प्रस्ताव राखिएको छ । त्यसमा मोर्चा सकारात्मक देखिएको छ,’ बैठकपछि नेता पुनले भने ।

दिनभर बैठकै बैठक

बालुवाटार बैठकमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव उपस्थित भएनन् । उनको दलबाट वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

मधेसी मोर्चाका नेताहरु संशोधन विधेयक परिमार्जनको पक्षमा देखिएपछि संघीय समाजवादी फोरमका नेताहरुले पनि सहमतिको पक्षमा देखिएका छन् ।

तर, मधेसी मोर्चाका नेताहरुका अनुसार भोलि मधेस झर्ने भएकाले सहमतिका लागि आज ‘अन्तिम दिन’ हो । ‘आज हाम्रो अन्तिम दिन हो । भोलि हाम्रो कार्यक्रम भएकाले आज केही भएन भने कार्यक्रमका लागि मधेसतिर जान्छौं,’ मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले भनेका छन् ।

मधेसी मोर्चाका नेताहरुले भोलि राजधानी छाड्ने भएपछि आज लगातार बैठक राखिएको छ ।

मधेसी मोर्चाले माग गरेको परिमार्जनबारे धारणा बनाउन दिउँसो ३ बजे सत्तारुढ दलहरुको बैठक राखिएको छ । मधेसी मोर्चाका नेताहरुलाई ५ बजे फेरि बोलाइएको छ ।

‘अहिलेको छलफल हेर्दा संविधान संशोधन प्रस्तावमा केही जरुरी परिमार्जन गर्नुपरे त्यसलाई पनि छलफल गरेर हाउसमा लिएर जाने र स्थानीय तहको निर्वाचन पनि सँगसँगै अगाडि लैजान सकारात्मक छलफल भएको छ,’ नेता वर्षमान पुनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन