
काठमाडौ, बैशाख ६– सरकारले बैशाख ३१ गते जसरी पनि स्थानीय तहको चुनाव गराउन तयारी गरिरहेको छ तर सरकारकै गृहमन्त्री विमलेन्द्र निधिले सुरक्षा ‘थ्रेट’ रहेको व्याख्या गरिरहेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार पनि त्यस्तै भयो । सामाजिक सञ्जाल ट्वीटरमा सुरक्षा चुनौतीबारे ट्वीट गर्दा निधिको चर्को आलोचना भएको थियो । चुनावमा सुरक्षा थ्रेट देखाएर विवादमा तानिएका गृहमन्त्री निधिले बुधबार बालुवाटारमा बसेको बैठकमा पनि चुनावमा सुरक्षा थ्रेट रहेको ब्रिफिङ गरेका थिए ।
सीके राउत, जयकृष्ण गोइत, नेत्रविक्रम चन्द ‘विप्लव’ पार्टी लगायतका कारण सुरक्षा चुनौति रहेको गृहमन्त्री निधिले वैठकमा स्पष्ट राखेका थिए । तर उनले यसलाई नेपाल प्रहरीले व्यवस्थापन गर्न सकेपनि तराई मधेशमा देखिएको राजनीतिक असुरक्षालाई कसरी समाधान गर्ने भनी प्रश्न तेर्साए ।
उनले सरकारले जस्तो तयारी गरेपनि तराई मधेशमा सुरक्षा चुनौति कायम रहेको कुरा राखेको बैठकमा सहभागि एक नेताले जानकारी गराए । सीके राउत, जयकृष्ण गोइत, नेत्रविक्रम चन्द ‘विप्लव’ पार्टी लगायतका कारण सुरक्षा चुनौति रहेको गृहमन्त्री निधिले वैठकमा स्पष्ट राखेका थिए । तर उनले यसलाई नेपाल प्रहरीले व्यवस्थापन गर्न सकेपनि तराई मधेशमा देखिएको राजनीतिक असुरक्षालाई कसरी समाधान गर्ने भनी प्रश्न तेर्साए ।
‘मधेशी मोर्चाले आन्दोलनको घोषणा गरिसकेको छ, चुनावका लागि यो ठूलो चुनौति हो, सुरक्षाको कोणबाट यसलाई कसरी समाधान गर्ने’ भनि उनले बैठकमा जिज्ञासा राखेका थिए ।
यो राजनीतिक असुरक्षा समाधान नभएसम्म चुनावका लागि सुरक्षा चुनौति रहि रहने भएकाले यसतर्फ पनि ध्यान दिनुपर्ने कुरा गृहमन्त्री निधिले राखेको बैठकमा सहभागि एक नेताले रातोपाटीलाई बताए ।
बैठकमा माओवादी केन्द्र, एमाले, काँग्रेस, राप्रपा र फोरम लोकतान्त्रिकका नेताहरुको सहाभागिता थियो ।
राप्रपा, एमाले र काँग्रेसले जसरी पनि बैशाख ३१ गते नै चुनाव गराउनुपर्छ भनेका थिए भने फोरम लोकतान्त्रिकले थारु तथा मधेशी मोर्चाको माग सम्बोधन गरेर मात्र चुनावमा जानुपर्ने तर्क राखे ।
यस्तै, सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले सबै पक्षको सहमति भए ३१ गते नै नभए दुई चरणमा चुनाव गर्नुपर्छ भनि धारणा राखेको थियो ।
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न
काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन