राप्रपा नेता पशुपति शम्शेरले हलोमा भोट हाल्न भनेपछि…

Kamal-Thapa-and-Pashupati-Shamsher-768x465

६ बैशाख, चितवन । पार्टीको चुनाव चिह्न एउटा तर मतदान अर्कैमा गर्न नेताले नै भनेपछि के होला ? चितवनका राप्रपा कार्यकर्ताहरुलाई बुधबार केहीबेर त्यस्तै आपत पर्‍यो ।

चितवनको भरतपुरमा राप्रपाले स्थानीय चुनावलाई लक्षित गरी बुधबार जनसभा आयोजना गरेको थियो । सभामा पार्टी अध्यक्ष कमल थापा, वरिष्ठ नेता पशुपति शम्शेर राणा लगायतका नेताहरु समेत सहभागी थिए । जब राणाले सम्बोधन गर्ने पालो आयो उनी बोल्दाबोल्दै चिप्लिए । उनले जनसभामा सहभागीहरुलाई आसन्न स्थानीय तहको निर्वाचनमा हलो चुनाव चिह्नमा मतदान गर्न आह्वान गरे । पार्टीको चुनावचिह्न गाई हो तर हलोमा मतदान गर्न भनेपछि सभामा सहभागीहरु अचम्म मान्दै मुखामुख गरे ।

 

गत मंसिर ६ गते राप्रपा र राप्रपा नेपाल पार्टी एकता भैसकेपछि नाम राप्रपा र चुनाव चिन्ह गाई राख्ने सहमति भैसकेको भएपनि राणालाई हलो नै चुनाव चिन्ह हो भन्ने छाप परेको रहेछ । पार्टी एकता अघि थापा नेतृत्वको राप्रपा नेपालको चुनावचिह्न गाई र राणा नेतृत्वको राप्रपाको चुनाव चिह्न हलो थियो । एकतापछि पार्टीको नाम राप्रपा र चुनावचिह्न गाई कायम गरिएको छ ।

राणाले हलोमा मतदान गर्न आह्वान गरेपछि मञ्चमा रहेका पार्टी अध्यक्ष कमल थापाले राणालाई गाई चुनाव चिह्न भन्नुस् भनेर सम्झाएका थिए । त्यसपछि राणाले माफी माग्दै पुनः गाई चिन्हमा मतदान गर्न कार्यकर्ताहरुलाई आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न