राप्रपा नेता पशुपति शम्शेरले हलोमा भोट हाल्न भनेपछि…

Kamal-Thapa-and-Pashupati-Shamsher-768x465

६ बैशाख, चितवन । पार्टीको चुनाव चिह्न एउटा तर मतदान अर्कैमा गर्न नेताले नै भनेपछि के होला ? चितवनका राप्रपा कार्यकर्ताहरुलाई बुधबार केहीबेर त्यस्तै आपत पर्‍यो ।

चितवनको भरतपुरमा राप्रपाले स्थानीय चुनावलाई लक्षित गरी बुधबार जनसभा आयोजना गरेको थियो । सभामा पार्टी अध्यक्ष कमल थापा, वरिष्ठ नेता पशुपति शम्शेर राणा लगायतका नेताहरु समेत सहभागी थिए । जब राणाले सम्बोधन गर्ने पालो आयो उनी बोल्दाबोल्दै चिप्लिए । उनले जनसभामा सहभागीहरुलाई आसन्न स्थानीय तहको निर्वाचनमा हलो चुनाव चिह्नमा मतदान गर्न आह्वान गरे । पार्टीको चुनावचिह्न गाई हो तर हलोमा मतदान गर्न भनेपछि सभामा सहभागीहरु अचम्म मान्दै मुखामुख गरे ।

 

गत मंसिर ६ गते राप्रपा र राप्रपा नेपाल पार्टी एकता भैसकेपछि नाम राप्रपा र चुनाव चिन्ह गाई राख्ने सहमति भैसकेको भएपनि राणालाई हलो नै चुनाव चिन्ह हो भन्ने छाप परेको रहेछ । पार्टी एकता अघि थापा नेतृत्वको राप्रपा नेपालको चुनावचिह्न गाई र राणा नेतृत्वको राप्रपाको चुनाव चिह्न हलो थियो । एकतापछि पार्टीको नाम राप्रपा र चुनावचिह्न गाई कायम गरिएको छ ।

राणाले हलोमा मतदान गर्न आह्वान गरेपछि मञ्चमा रहेका पार्टी अध्यक्ष कमल थापाले राणालाई गाई चुनाव चिह्न भन्नुस् भनेर सम्झाएका थिए । त्यसपछि राणाले माफी माग्दै पुनः गाई चिन्हमा मतदान गर्न कार्यकर्ताहरुलाई आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन