चुनाव रोक्न प्रधानमन्त्रीलाई दबाब !

prachandaकाठमाडौं, ६ वैशाख । वैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचन रोक्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि दबाब परेको छ ।

निर्वाचन रोक्न आफू माथि दबाब रहेको स्वीकार गर्दै प्रधानमन्त्री प्रचण्डले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धन बाहेक पनि आफू कुनै पनि हालतमा निर्वाचन गरिछाडने पक्षमा रहेको दृढता व्यक्त गरेका छन् ।

माओवादी केन्द्रको तीन नम्बर प्रदेशमा रहेका पोलिटव्यूरो सदस्यको मंगलबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले चुनाव रोक्न दबाब दिने शक्तिका बारेमा भने केही बताएनन् । ‘पहिला निर्वाचनको मिति घोषणा नगर्न ममाथि दबाब थियो, अहिले चुनाव नगर भन्ने दबाब छ। तर चुनाव जसरी पनि गर्नुपर्छ,’ बैठकमा सहभागी एक नेताले प्रधानमन्त्री प्रचण्डको भनाई उद्धृत गर्दै भने ‘चुनाव वैशाख ३१ गते एकै चरणमा हुन्छ । यसमा तपाईहरुमा कुनै कन्फयुजन नहोस् । संविधान घोषणा गर्दा जस्तो चुनौती थियो,यो चुनाव गराउन पनि त्यत्तिकै चुनौतीपूर्ण छ ।’

मधेशी मोर्चा, बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र राप्रपा आन्दोलनमा उत्रिनु निर्वाचन भाँडने षड्यन्त्र अन्तर्गतको कडिका रुपमा विश्लेषण प्रधानमन्त्री प्रचण्डले गरेका छन् ।

बैठकमा केही समयअघि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वैशाख लागेपछि दलीय हैसियतमा निर्वाचन चिन्ह नपाउने नयाँ शक्तिसहितका दलहरु, उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्रीले नेतृत्व गरेको राप्रपा र मधेशी मोर्चा सडक आन्दोलनमा आउने र सोही आन्दोलनले आफना मागको फैसला गर्ने घोषणा गर्नुले निर्वाचन भाँडने योजनाबद्ध षडयन्त्र रहेको प्रधानमन्त्री प्रचण्डको विश्लेषण थियो ।

‘यो योजनाबद्ध मुभ हो । चुनाव रोक्न खोजिएको हो । उनीहरु त्यहि दिशामा जाने देखियो’ प्रधानमन्त्री प्रचण्डले भने ‘मधेशी मोर्चासँगको सहमतिमा नै पहिलो संविधान संशोधन बिधेयक फिर्ता लिएर दोस्रो संशोधन विधेयक दर्ता गराइएको थियो। संशोधन विधेयकका दुई वटा मस्यौदा बनेका थिए । उहाँहरु (मधेशी मोर्चाका नेताहरु) ले हेर्दै नहेरी बिरोध गर्नुभयो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र