
५ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा विवेकशील नेपाली दलकी रन्जु दर्शनाले उम्मेदवारी घोषणा गरेकी छन् ।
मेयरमा २१ वर्षीया दर्शनालाई उम्मेदवार बनाउने निर्णय भएको विवेकशीलले जनाएको छ । उपमेयर, वडाध्यक्ष र सदस्यको उम्मेदवार भने पछि तय गरिनेछ ।
विवेकशील नेपाली दलले भनेको छ, काठमाडौंलाई संसारकै सुन्दर सहर बनाउने सपनालाई आत्मसात गर्न र त्यस अभियानको नेतृत्व गर्न उर्जाशील युवा पुस्ता नै सबैभन्दा बढी उपयुक्त हुने भएकाले उनलाई चयन गरिएको हो ।’
२०५२ सालमा काठमाडौँमा जन्मिएकी रन्जु स्नातक तह अध्ययनरत छिन् । तीन वर्षअघि विवेकशीलसँग जोडिएकी उनी डा गोविन्द केसीको समर्थनमा भएका आन्दोलनमा पनि सक्रिय थिइन् ।
मेयरदकी उम्मेदवार रन्जु दर्शनाले राजनीतिक सिन्डिकेटलाई तोड्ने र काठमाडौँलाई संसारकै सुन्दर बनाउन योजना रहेको बताइन् ।
‘हामीले तयार पारेको सपना र मार्गचित्र काठमाडौँबासीको हो जसलाई तयार पार्न हामीले यहाँका हजारौं मतदाताको सल्लाह र सुझावलाई महिनौं लगाएर संकलन गरेका थियौं । हामी सबै मिलेर नै काठमाडौँलाई संसारकै सुन्दर बनाउन सक्छौं जुन हासिल गर्न तपाईंहरूको सहयोग र समर्थन पाउने अपेक्षा राखेकी छु’ उनले भनिन् ।
हालै मात्र साझा पार्टीले काठमाडौंको मेयरमा पूर्वसचिव किशोर थापालाई उम्मेदवार बनाउने घोषणा गरेको थियो ।
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल