प्रचण्डले भने- काठमाडौंको मेयरमा मै उठौं जस्तो लागिरहेको छ

 

Prachanda-1-768x460५ बैशाख, काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी स्थायी समिति सदस्यहरुलाई स्थानीय चुनाव लड्न प्रस्ताव गरेका छन् ।

 

मंगलबार पार्टीको प्रदेश नम्बर ३ को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारको चुनाव भएकाले यसलाई कम नआँक्न नेताहरुलाई आग्रह गरे ।

‘स्थानीय तहको चुनाव २० वर्षपछि हुन लागेको होइन, स्थानीय सरकारको पहिलो चुनाव हो’ उनले भने, वडा अध्यक्ष जित्ने हो भने पोलिटब्यूरो सदस्यहरु गए हुन्छ । स्थानीय समितिका सदस्यहरु पनि गाउँपालिका प्रमुख जित्दा केही फरक पर्दैन ।’

स्थानीय सरकारको महत्व दर्साउने क्रममा उनले काठमाडौंको मेयरमा आफैं चुनाव लडौं जस्तो लागेको सुनाए । ‘काठमाडौं महानगरपालिकामा त मै उठौं-उठौं जस्तो लागिरहेको छ, त्यति धेरै महत्व छ यसको’ उनले भने ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले मेयरमा आफैं चुनाव लड्छु भनेका होइन । पार्टी नेताहरुलाई स्थानीय सरकारको महत्व बुझाउन र हौसाउन काठमाडौंको मेयरमा आफैं चुनाव लडौं जस्तो लागेको सुनाएका मात्र हुन् ।

आफ्नो सरकारले उज्यालो नेपालको नारा स्थापित गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौंको जनमत माओवादीसँग रहनु पर्ने बताएका छन् ।

बैठकमा नेताहरुले तीन नम्बर प्रदेशमा पार्टीको अवस्था राम्रै रहेको रिपोर्टिङ गरेको छन्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण