प्रचण्डले भने- काठमाडौंको मेयरमा मै उठौं जस्तो लागिरहेको छ

 

Prachanda-1-768x460५ बैशाख, काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी स्थायी समिति सदस्यहरुलाई स्थानीय चुनाव लड्न प्रस्ताव गरेका छन् ।

 

मंगलबार पार्टीको प्रदेश नम्बर ३ को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारको चुनाव भएकाले यसलाई कम नआँक्न नेताहरुलाई आग्रह गरे ।

‘स्थानीय तहको चुनाव २० वर्षपछि हुन लागेको होइन, स्थानीय सरकारको पहिलो चुनाव हो’ उनले भने, वडा अध्यक्ष जित्ने हो भने पोलिटब्यूरो सदस्यहरु गए हुन्छ । स्थानीय समितिका सदस्यहरु पनि गाउँपालिका प्रमुख जित्दा केही फरक पर्दैन ।’

स्थानीय सरकारको महत्व दर्साउने क्रममा उनले काठमाडौंको मेयरमा आफैं चुनाव लडौं जस्तो लागेको सुनाए । ‘काठमाडौं महानगरपालिकामा त मै उठौं-उठौं जस्तो लागिरहेको छ, त्यति धेरै महत्व छ यसको’ उनले भने ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले मेयरमा आफैं चुनाव लड्छु भनेका होइन । पार्टी नेताहरुलाई स्थानीय सरकारको महत्व बुझाउन र हौसाउन काठमाडौंको मेयरमा आफैं चुनाव लडौं जस्तो लागेको सुनाएका मात्र हुन् ।

आफ्नो सरकारले उज्यालो नेपालको नारा स्थापित गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौंको जनमत माओवादीसँग रहनु पर्ने बताएका छन् ।

बैठकमा नेताहरुले तीन नम्बर प्रदेशमा पार्टीको अवस्था राम्रै रहेको रिपोर्टिङ गरेको छन्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल