April 18, 2017

भक्तपुरले गर्यो निजी विद्यालय शुल्क निर्धारण, कुनको शुल्क कति ?

 
 

 


५ वैशाख, भक्तपुर । जिल्ला शिक्षा कार्यालय भक्तपुरले जिल्लामा रहेका संस्थागत विद्यालयको शुल्क निर्धारण गरेको छ ।

जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीको संयोजकत्वमा बसेको विद्यालय वर्गीकरण एवम् शुल्क अनुगमन समितिको बैठकले जिल्लामा रहेका क, ख, ग र घ श्रेणीका विद्यालयको शुल्क निर्धारण गरेको हो ।
संस्थागत विद्यालयले पेस गरेको शुल्क प्रस्ताव विश्लेषण गर्दै शैक्षिक सत्र २०७४ मा भक्तपुर जिल्लामा वर्गीकरण गरिएका विद्यालयले श्रेणीगत रुपमा शुल्क सीमा निर्धारण गरिएको जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीले जानकारी दिए ।

जसअनुसार प्रावि तहको कक्षा १ देखि ५ सम्म बढीमा ‘क’ श्रेणीले रु दुई हजार ३६०, ‘ख’ श्रेणीले रु एक हजार ९६०, ‘ग’ श्रेणीले रु एक हजार ५७० र ‘घ’ श्रेणीले रु एक हजार १८० सम्म शुल्क लिन पाउने व्यवस्था गरेको छ ।

त्यसैगरी निमावि तहका लागि कक्षा ६ देखि ८ सम्म बढीमा ‘क’ श्रेणीले रु दुई हजार ७००, ‘ख’ श्रेणीले रु दुई हजार २५०, ‘ग’ श्रेणीले रु एक हजार ७९० र ‘घ’ श्रेणीले रु एक हजार ३५० शुल्क लिन पाउने व्यवस्था गरेको छ ।

मावि तहको कक्षा ९ देखि १० सम्मको हकमा भने बढीमा ‘क’ श्रेणीले रु तीन हजार ६७०, ‘ख’ श्रेणीले रु तीन हजार ६०, ‘ग’ श्रेणीले रु दुई हजार ४४० र ‘घ’ श्रेणीले रु एक हजार ८३० शुल्क लिन पाउने व्यवस्था गरेको रायमाझीले जानकारी दिए ।

त्यसभन्दा बढी रकम र अतिरिक्त रकमका नाममा अनावश्यक रकम सङ्कलन गरेमा त्यस्ता विद्यालयलाई कडा कारबाही गरिने बताउँदै रायमाझीले त्यस्ता विद्यालय भए कार्यालयमा उजुरी गर्न समेत अभिभावक वर्गलाई आग्रह गरे ।

प्याब्सन जिल्ला अध्यक्ष श्रीकृष्ण केसी, नेसनल प्याब्सनका अध्यक्ष जिवी खड्का, अभिभावक सङ्घ भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापति, जिल्ला समन्वय समितिका प्रतिनिधि माधवप्रसाद घोरसाइने, इशान अध्यक्ष पुरुषोत्तम ग्वाछा, विमलप्रसाद निरौला विद्यालय निरीक्षक, राष्ट्रिय अभिभावक सङ्घ भक्तपुरका अध्यक्ष वासुदेव खड्का, जिशिका शाखा अधिकृत मोतिलाल महातारालगायतको सहभागिता बसेको बैठकले शुल्क निर्धारण गरेको हो ।
रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा