April 18, 2017

न्यूरोडमा रहेको रणमुक्तेश्वर मन्दिरमा केहि नेता र व्याक्तिले लुट मच्याउदै

ranamukte
 
 

काठमाडौ,  बैशाख, उपत्यकाको प्रमुख व्यापारिक केन्द्र न्यूरोडमा रहेको रणमुक्तेश्वर मन्दिर प्राचिनकालमा नै निर्माण भएको थियो । उक्त मन्दिर गुठी संस्थानको सम्पत्ति भएको र त्यसले चर्चेका लगतपात सबैमा गुठी संस्थानको अधिकार र भोगचलन गर्न पाउने कानुनी प्रावधान छ ।

सोही प्रवाधानलाई लत्याएर स्थानीय केही नेता तथा कार्यकर्ताहरुले लुट मच्चाएसंगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीयबासीहरुले छानविनको माग गर्दै हालेको उजुरी यतिवेला छानविनमा रहेको भनिएतापनि छानविन प्रकृया सुस्ताएको आरोप स्थानियबासीहरुले लगाएका छन् ।

गुठी संस्थानका कर्मचारीहरुको मिलेमतोमा मन्दिरका नाममा स्थानीय केही नेता तथा व्यक्ति विशेषले लुट धन्दा मच्याउदै आएको पाइएको छ । उक्त मन्दिरको संरक्षणमा अवैध अशुली गरेर होस् वा मन्दिर परिसरमा रहेको पसल कवलहरुबाट अवैध रुपमा मासिक भाडा असुलेर होस् उक्त गिरोहको त्यस क्षेत्रमा ठगी धन्दामा मौलाएको छ ।

रणमुक्तेश्वर मन्दिर परिसर एवं न्यूरोड क्षेत्रका विभिन्न सार्वजिक जग्गा होस् वा व्यक्तिविशेषको मुद्दा मामिलामा फसेका जग्गाहरु हुन् सो गिरोहले कब्जा गर्दै मासिक रुपमा चर्को भाडादरमा दिने र मासिक रुपमा लाखौं रुपैयाँ अवैध संलग्नमा सक्रिय सो गिरोहको समाचार पटक पटक आएपछि सम्बन्धित निकायको ध्यानाकर्षणसंगै छानविन शुरु थियो ।

एमाले निकट केही नेता तथा कार्यकर्ताहरुले दुहुनो गाईको रुपमा रणमुक्तेश्वरलाई प्रयोग गरिरहेको र उक्त मन्दिरको संरक्षका नाममा समेत मोटो रकम संकलन गर्दै काम भन्दा कमाउ धन्दामा लागेका चिनीकाजी महर्जन, राजेन्द्रमान श्रेष्ठलगायतका गिरोह अहिले कारवाहीबाट जोगिन शक्तिकेन्द्रहरुमा लम्पसार पर्न थालेसंगै अख्तियारको अनुसन्धान प्रभावित भएको दावी स्रोतले गरेको छ । तिब्र खबर संगको सहकार्यमा सूचना खबर

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र