‘रोजगारीका लागि विदेशिनु पर्दैन’ : उद्योग मन्त्रालय

काठमाडौँ, ३ वैशाख । उद्योग मन्त्रालयले आगामी १० वर्षभित्र रोजगारीका लागि युवाहरु विदेशिनु नपर्ने महत्वकांक्षी योजना अघि सारेको छ ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा बसेको मन्त्रालयको आन्तरिक बैठकमा स्वदेशमा नै रोजगारीको सिर्जना गरी उच्च प्राथमिकता दिने, वैदेशिक लगानी भित्र्याउन अनुकूल वातावरण निर्माणका लागि आर्थिक सुधार गर्ने, स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने कृषि र वनमा आधारित साना, लघु तथा घरेलु उद्योगको विकासमा प्राथमिकता दिने निर्णय पनि गरेको छ ।

साथै प्रविधि हस्तान्तरण र प्रशोधनयन्त्रका लागि सरकारले अनुदान दिने, औद्योगिक पूर्वाधारको विकास तथा विदेशमा बस्ने नेपालीलाई नेपाली वस्तु उपभोगमा विशेष कार्यक्रम चलाउने निर्णय गरेको छ ।

त्यस्तै मन्त्रालयको नियमित बजेटको अलावा कार्यक्रमका लागि थप रु तीन अर्ब ५० करोड बजेट आवश्यक हुने भएकाले अर्थ मन्त्रालयसँग पहल गर्ने बताइएको छ ।

बैठकलाई सम्बोधन गर्दै उद्योगमन्त्री जोशीले नयाँ उद्योगलाई आकर्षण गर्ने तथा पुराना उद्योगको संरक्षण गर्ने सरकारको नीति रहेको बताउनुभयो ।

मन्त्रालयका सचिव शङ्कर कोइराला, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा शङ्कर शर्मा तथा पूर्व सदस्य डा पुष्कर बज्राचार्यले देश विकासका लागि उद्योगधन्दाको विकास गरिनुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र