रामवरण भारत जाँदा काटिएको विदा यसपालि किन दिइयो?

 


सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण बेला दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।

आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति भण्डारी भारत जाने दिने वैशाख ४ र स्वदेश फर्कने दिन वैशाख ८ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो।

गणतन्त्र आउनुभन्दा पहिले राष्ट्राध्यक्ष विदेश जाँदा र आउँदा सरकारी विदा दिने चलन थियो। गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादवले राष्ट्राध्यक्ष रुपमा विदेश जाँदा आउँदा विदा दिने चलन तोडेका थिए।

उनले २०६६ फागुनमा भारतको भ्रमण गरेका थिए। त्यतिबेला पनि गृह मन्त्रालयले राष्ट्रपति जाने र स्वदेश फर्कने दिन विदा दिन मन्त्रिपरिषद्मा प्रस्ताव लिएको थियो। मन्त्रिपरिषद्ले प्रस्ताव पारित नगरेपछि राष्ट्राध्यक्ष विदेश जाँदा दिइने विदाको चलन तोडिएको थियो। त्यसपछि यादवले कतार र चीन भ्रमण गरेका थिए। ती भ्रमणमा पनि सार्वजनिक विदा दिइएको थिएन।

सोमबारदेखि भारतको राजकीय भ्रमण गर्न लागेकी राष्ट्रपति भण्डारीले पनि आफ्नो भ्रमणका बेला विदा दिनु नपर्ने मनसाय व्यक्त गरेकी थिइन्। राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलका अनुसार आइतबार मात्र शितलनिवासमा भएको छलफलमा राष्ट्रपतिले आफ्नो भ्रमणमा विदा दिनु नपर्ने बताएकी थिइन्।

आइतबारै बसेको मन्त्रिपरिषद् बैठकले भने उनको पाँचदिने भ्रमणमा दुई दिन विदा दिने निर्णय गर्यो। राजाहरुको विदेश भ्रमणको झल्को दिने गरी सरकारले फेरि राष्ट्रपतिको भ्रमणमा किन सरकारी विदा दियो? भनी सोध्दा सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले भने, ‘हामीले भारत र चीनका राष्ट्रपति आउँदा विदा दिने निर्णय गरिसकेका छौं। यसपालि हाम्रो राष्ट्रपति भारत जाँदा विदा नदिने त कुरै भएन नि?’

राष्ट्रपतिको भ्रमणमा विदा दिने प्रस्ताव यसपालि पनि गृह मन्त्रालयले तयार पारेर मन्त्रिपरिषद् पठाएको थियो। वरीयता विवादमा कुरा नमिलेपछि मन्त्रिपरिषद् बैठकमा आउन छाडेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भने बैठकमा थिएनन्।

‘गृहबाट आएको प्रस्ताव हो, मन्त्रीज्यू नै नभएपछि कुनै छलफल नै नगरी प्रस्ताव पारित भयो,’ सरकारका मुख्यसचिव सोमलाल सुवेदीले भने। यसअघि सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा गत कात्तिक १७ गते सार्वजनिक विदा दिएको थियो। मुखर्जी नेपाल आउँदा भारतमा भने विदा थिएन। भारत, अमेरिका लगायतका देशमा राष्ट्रपति बाहिर जाँदा वा अन्य देशको राष्ट्रपति आउँदा विदा दिने चलन छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

समावेशी विकासका आयाम

विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक