नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास शुरु

China_Nepal_Armyकाठमाडौं, बैशाख ३– नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास आइतबारदेखि काठमाडौंमा शुरु भएको छ ।

‘सगरमाथा फ्रेण्डसीप२०७३’ नाम दिइएको दुवै देशका विशेष फौजको पहिलो नेपाल–चीन संयुक्त अभ्यास महाराजगञ्जस्थित सैनिक ब्यारेकमा सुरु भएको हो ।

व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी विनोदकुमार श्रेष्ठले बिशेष कार्यक्रमकाबीच संयुक्त सैन्य अभ्यास उद्घाटन गरेका थिए ।

सैन्य अभ्यास उद्घाटन कार्यक्रममा उपरथी श्रेष्ठले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच पहिलो पटक सञ्चालनमा हुन गइरहेको संयुक्त सैन्य तालिमले दुवै देशका सेनाको व्यवसायिकता अभिवृद्धि गर्ने बताए । उनले मित्रवत सम्बन्धमा पनि नयाँ आयाम थपिने विश्वास व्यक्त गरे ।

यस्तै, चिनियाँ जनमुक्ति सेनाका तर्फबाट कर्णेल याङ शुमेङले नेपाली सेना र चिनियाँ जनमुक्ति सेना बीचको महत्वपूर्ण पारस्परिक सम्बन्ध रहेको बताए । संयुक्त सैन्य अभ्यासबाट प्रतिआतंकवाद कारवाहीको क्षमतामा अभिबृद्धि हुने र दुई देशको आपसी सम्बन्ध अरु मजबुत हुने उनले विश्वास व्यक्त गरे ।

संयुक्त अभ्यास वैशाख १२ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र