काठमाडौँ, ३ वैशाख । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको सो भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पछिल्लो संविधान संशोधन प्रस्तावलाई अस्वीकार गरी निर्वाचनमा सहभागी नहुने घोषणा गरेपछिको अवस्थामा कसरी अघि बढ्ने सम्बन्धमा दुई नेताबीच छलफल भएको बताइएको छ ।
भेटमा देउवाले मधेसी मोर्चा चुनावमा सहभागी हुने सुनिश्चित नभई निर्वाचन सार्न नहुने धारणा राखेका थिए । देउवासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले पनि मधेसी मोर्चाले स्थानीय चुनावमा भाग लिने ग्यारेन्टी नभएको अवस्थामा चुनाव सार्न नहुने बताएका थिए ।
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त