समितिको आइतबार बसेको बैठकले वैशाख २ गते भित्र एनसेलबाट पूँजीगत लाभकर असुल गर्न दिइएको पुरानै निर्णय कार्यान्वयन गर्न अर्थ मन्त्रालयलाई सचेत गराएको हो। प्रधानमन्त्रीसँग सोधपुछ गरेपछि पुँजीगत लाभकर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट नभई सम्बन्धित मन्त्रालयबाटै असुली गर्ने पुरानै निर्णय कार्यान्वयन गराउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए। समितिले यस अघि नै एनसेलबाट पुँजीगत लाभकर उठाउन अर्थ मन्त्रालयलाई निर्देशन दिइसकेको छ।
आयकर ऐन २०५८ अनुसार ऐनसेलले नै पूजीगत लाभकर असुल गर्नुपर्ने समितिले दिएको निर्देशनमा उल्लेख गरिएको छ। अर्थ मन्त्रालयले समितिले दिएको निर्देशन अनुसार एनसेलको पुँजीगत लाभकर उठाउन विज्ञसम्मिलित कार्यदल नै बनाएर काम सुरु गरिसकेको छ।
समितिले एनसेलको हरेक पटकको कारोबारमा कर छलीको प्रयास गरेको भन्दै दोषीमाथि कडा कार्बाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि पुनः निर्देशन दिएको छ। १२ औं पटकसम्म एनसेलको कारोबार भएकाले कर छली गर्ने निकायको पहिचान गरी कार्वाही गर्न अख्तियारलाई पनि सचेत गराउने निर्णय लिइएको समितिका सभापति उपाध्यायले बताए। समितिले यस अघि नै एनसेल कर छलीमा संलग्नहरुलाई कार्वाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको थियो।
समितिको पुस १० गते बसेको बैठकले अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागलाई एनसेलको कर असुलीसम्बन्धि ठोस धारणा तय गर्न निर्देशन दिएको थियो। एनसेलको सेयर टेलियासोनेराले १ खरव ४० अरवमा मलेसियाको आजियाटालाई विक्री गरेपछि त्यसको पूँजीगत लाभकर तीर्ने दात्यित्व एनसेलकै हुने विज्ञहरुको पनि सुझाव छ।
बैठकमा कर छलीका विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा राष्ट्रिय सर्तकता केन्द्र कसलाई पठाउने भन्ने विषयमा समितिका सभापति र सदस्यहरुबीच विवाद भएको थियो।
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका