काठमाडौं, चैत २१–साताको पहिलो दिन आइतबार दुई पटक सर्किट व्रेक लगाउँदा पनि अढाइ घण्टामै करिव ८० अंक अर्थात ५ प्रतिशतले बढेको सेयर वजार सोमबार भने झरेको छ । बजार खुल्दा उच्च अंकले बढेको भएपनि अन्तिम समयमा थामिएको थियो । आज बजार बन्द हुँदा ६.५९ अंकको गिरावट आएको छ ।
सोमबार ट्रेडिङ र बीमा वाहेकका सवै समूहको सूचक रातो भएका छन् । एक सय ४४ कम्पनीको कारोवार भएको वजारमा आज ४३ लाख २० हजार ५ सय २१ कित्ता सेयर खरिद विक्रिवाट २ अर्ब ५२ करोड २५ लाख ४९ हजार ६ सय ३३ रुपैयाँ बरावरको कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज बैकिङ समूहको सूचक ७.२८ अंकले घटेको छ भने होटल समूहको सूचक ३५.३९, विकास बैंक समूहको सूचक १४.०८, जलविद्युत समूहको सूचक २९.५२, फाइनान्स समूहको सूचक ८.८४ र अन्य समूहको सूचक ५.५ अंकले घटेको छ ।
आज ट्रेडिङ समूहको सूचक १.४१ र बीमा समूहको सूचक ६७.६५ अंकले बढेको छ ।
आज बजार खुल्नासाथ उच्च अंकले बढेपछि सुरुमा १५ मिनेटका लागि सर्किट व्रेक लगाइएको थियो । यस्तै, दोस्रो पटक ४ अंकभन्दा वढीको वृद्धि लिएपछि दोस्रोपटक सर्किट व्रेक लगाइएको थियो । तर, वजार वन्दा हुँदा भने अधिकाशं सूचक रातो भए ।
आइतबार बजार खुलेको दुई घण्टा ३० मिनेट नपुग्दै बजार ५ प्रतिशतले बढेपछि कारोवार बन्द भएको थियो । दुई पटक सर्किट व्रेक लागेर वजार ५ प्रतिशतले वढेपछि कारोवार स्थगित भएको थियो ।
बजार खुलेको करिव दुई घण्टामै ४ प्रतिशतले बढेपछि पहिलो पटक सर्किट व्रेक लागेको थियो । वजार उच्च अंकले वढेपछि आधा घण्टा कारोवार स्थगित गरिने गरेको छ ।
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न