काठमाडौं, १७ चैत्र । खेल क्षेत्रको सम्बद्र्धनका लागि सरकारले राष्ट्रिय खेलकुद परिषद गठन गरेको हो । स्वदेश तथा विदेशमा हुँदे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा खेलकुद परिषदको ठूलो भूमिका रहने गर्दछ ।
विदेशमा हुँदे सबै अफिसियल खेलकुद प्रतियोगीतामा खेलाडी पठाउँदा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवको प्रत्यक्ष भूमिका रहने गरेको छ । राष्ट्रका वास्तविक खेलाडीलाई विदेशमा हुँने महत्वपूर्ण प्रतियोगितामा पठाउँनु पर्ने परिषदका सदस्यसचिवले नक्कली खेलाडीलाई ‘वर्किङ भिषामा’ मानव तस्करी गरिरहेको डरलाग्दो खुलाशा भएको छ ।
दियोपोस्टले फेला पारेकाे प्रमाण अनुसार विष्टकै हस्ताक्षरमा केही व्यक्ति विभिन्न देशमा कामको शिलशिलामा विदेश गएको पाइएको हो । स्रोतका अनुसार विष्टको समलग्नतामा १२ नेपालीलाई वर्किङ भिषामा अष्ट्रेलिया पठाइएको हो । उनीहरुले लेटरप्याड भने राष्ट्रिय खेलकुद परिषदको ‘लेटरहेड’ प्रयोग गरेका छन् ।
भिषा नाेटिफिकेशन लेटर तथा राखेपकाे सिफारिस पत्र
भिसा नोर्टिफिकेशन लेटरमा भिसाको क्याटागोरी भने ४५७ उल्लेख गरिएको छ । ४५७ भनेको कामदारको भिषा हो । ५ जुलाई २०१७ मा उनले दर्जन नेपालीलाई वर्किङ भिषामा अष्ट्रेलिया पठाएको भेटिएको हो ।
स्रोतका अनुसार विष्टले खेलाडीको बिल्ला भिराएर तस्करी गरिएका ती युवाबाट उनले प्रतिव्यक्ति १५ लाख रुपैयाँको दरले असुलेका छन् ।
के भन्छन् राखेपका कर्मचारी ?
राष्ट्रिय खेलकुद परिषदमा कार्यरत एक कर्मचारीका अनुसार विष्टले करोडौं रकम समेत हिनामिना गरेका छन् । ‘परिषदभित्र हुँने मानव तस्करी त सदस्य सचिव ज्युको पेसा नै भइसक्यो,’ एक कर्मचारी भन्छन्,‘यसअघि पनि दर्जनौं व्यक्तिलाई खेलाडी बनाएर वर्किङ भिषामा बाहिर पठाएको देखिएको छ ।’
त्यसो त विष्टले यसअघि पनि जापानमा मानव तस्करी गरेको खुलाशा भएको थियो । अख्तियारमा समेत उक्त मुद्दा विचाराधिन छ ।
यसअघिका खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले नियुक्त गरेका सदस्य सचिव विष्टले लामो समयदेखि परिषदमा मनोमानी गर्दै आएका छन् ।
विष्टको फोन उठेन
यस विषयमा हामीले सदस्यसचिव केशव विष्टको मोबाइल नम्बरमा फोन गरेका थियौँ । तर, विष्टको मोबाइल नम्बरमा पटकपटक फोन गर्दा समेत उनले उठाएनन् ।
दियो पोष्टबाट साभार गरिएको
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको
धनगढी, साउन २२ – नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा पार्टी सचिव लेखराज भट्टले पार्टी
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
रुपन्देही, साउन १९ ।शान्ति र आध्यात्मिकताको प्रतीक बुद्ध जन्मस्थल लुम्बिनीको व्यवस्थापनका लागि गठित लुम्बिनी विकास