सर्वकालिन शीर्ष १० गोलकर्ताको सूचीमा रोनाल्डो

ronaldoमडेरिया – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो सर्वकालिन शीर्ष १० अन्तर्राष्ट्रिय गोलकर्ताको सूचीमा उक्लेका छन् ।

मंगलबार राती स्वीडेनविरुद्धको खेलमा गोल गर्दै उनी शीर्ष १० स्थानमा पर्न सफल भएका हुन् ।

रियल म्याड्रिडका स्टारले गत हप्ता हंगेरीविरुद्ध २ गोल गर्दै ७० औँ गोल पूरा गरेका थिए भने मंगलबार स्वीडेनविरुद्धको मैत्रिपूर्ण खेलमा गोल गर्दै गोल संख्या ७१ पुर्याएका छन् । यद्यपि खेलमा पोर्चुगल २–३ गोलअन्तरले पराजित भएको थियो ।ronaldo2 (1) उनी जमर्नीका मिरोस्लाम क्लोससहित नवौँ स्थानमा रहेका छन् ।

ब्राजिलका पेलेभन्दा मात्र ८ गोलले पछि परेका छन् । युरोपियन फुटबलमा उनी क्लोससँगै तेस्रो स्थानमा पुगेका छन् । उनीअघि फ्रेन्च फुसकास ९८४ गोल० र ९सान्डोर कोस्सीस ९७५ गोल० रहेका छन् ।

उनले ७१ मध्ये ३० गोल घरेलु मैदान गरेका छन् भने २५ घरेलु मैदान बाहिर तथा १० गोल फुटबल प्रतियोगितामा गरेका छन् । यसमध्ये उनले ३ पटक ह्याट्रिक तथा एक पटक ४ गोल गरेका छन् ।उनले १२ पटक दुई गोल तथा ३३ पटक एक गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन