चिनियाँ मूलका फ्रान्सेली प्रहरीको विरोधमा पेरिस तनावग्रस्त

parisपेरिस, १६ चैत । चिनियाँमूलका एकजना स्थानीय बासिन्दा प्रहरीद्वारा मारिएपछि राजधानी पेरिस तनावग्रस्त बनेको छ ।

फ्रान्समा रहेका चिनियाँ आप्रवासीहरु तथा चीन सरकारले समेत फ्रान्सेली प्रहरीको यस्तो रबैयाप्रति कडा आपत्ति जनाएका छन् ।
सरकारी विरोधी प्रदर्शनको दोश्रो दिन गत मङ्गलबार राति पेरिसको उत्तरपूर्वी इलाकामा ठूलो सङ्ख्यामा चिनियाँ मूलका फ्रान्सेलीहरु भेला भै प्रहरी–अत्याचारको घोर विरोध गर्दै हिंसात्मक प्रदर्शनीमा उत्रेका छन् ।

प्रदर्शनकारीहरुले यस घटनाको उच्चस्तरीय कूटनीतिक अनुसन्धान गरिनु पर्ने र हत्यारा प्रहरीलाई कडा से कडा सजायँ दिइनु पर्ने माग समेत राखेका छन् । गत आइतबार साँझ, चिनियाँ मूलका एकजना पेरिसवासी – ५६ बर्षीय साओयो लिउलाई उनी बस्ने अपार्टमेन्टमा पुगेर फ्रान्सेली प्रहरीले गोली हानी मारि दिएपछि फ्रान्सवासी सम्पूर्ण चिनियाँहरु आक्रोशित भै घटनाले सोच्दै नसोचेको उग्ररुप लिन पुगेको जनाइएको छ ।

घटनाको शुरुवाति र उत्पन्न कारणको सम्बन्धमा स्थानीय बासिन्दा, प्रदर्शनकारी तथा सरकारको आ–आफ्नै भनाई र दावी रहेको छ । मृतक लिउले नशाको सुरमा प्रहरीलाई बिना कारण ठूलो र धारिलो हतियारले प्रहार गरी मार्ने प्रयास गरेकाले आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा दुर्भाग्यपूर्वक उनको मृत्यु हुन पुगेको, प्रहरीले जानाजानी मारेको होइन भन्ने सरकारी पक्षको भनाई रहेको छ ।

स्थानीय बासिन्दा तथा मृतकका आफन्तहरुले भने सरकारको यस्तो भनाई प्रति आपत्ति जनाएका छन् । आफ्नो घरभित्र बालबच्चा तथा परिवारजनसँगसँगै बसी रमाइलो गर्दै बेलुका पकाएर खाने माछाको तरकारी मामूली कैंचीले काटिरहेको अवस्थामा प्रहरी जबर्जस्ती घरभित्र घुसेर अकस्मात् ताकेरै गोली हानी लिउको जानाजानी हत्या गरेको, लिउको हातमा कुनै ठूलो र धारिलो हतियार पनि थिएन, कसैलाई कुनै चोट पनि पुर्‍याएको थिएन, प्रहरीले नै उनको ठाडो र निर्मम हत्या गरेको भन्छन् उनीहरु ।
अत्यन्त आक्रोशित प्रदर्शनकारीहरुद्वारा गतः सोमबार राति पेरिसमा गरिएको हिँसात्मक विरोध प्रदर्शनले भयानक रुप लिएको, घण्टौंसम्म भएको झडपमा तीनजना प्रहरी अधिकारीहरु नराम्ररी घाइते भएका, जथाभावी ढुङ्गा,मुडा गरिएको, सार्वजनिक सम्पत्ति तोडफोड गरिएको, यातायात अवरुद्ध पारिएको र सडकमा गुडि रहेका थुप्रै गाडीहरु आगजनी गरिएकाले आइतबार सोमबार समेत दुई दिनमा ७५ जनाभन्दा बढी प्रदर्शनकारीहरुलाई पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ ।

फ्रान्समा बसोबास गर्दै आउने एसियाली आप्रवासीहरुको संख्यामध्ये चिनियाँहरुको सङ्ख्या नै सबभन्दा बढी रहेको जनाइन्छ । करिब छ करोड साठी लाख जनसङ्ख्या रहेको फ्रान्समा बीस लाख जति चिनियाँ आप्रवासी तथा चिनियाँ मूलका पुराना बासिन्दा स्थायी बसोबास गर्दै आएका छन् । जनसङ्ख्याको यो हिस्साले आफूहरुलाई फ्रान्सेली रैथाने बासिन्दा र सरकार समेतले जहिले पनि थिचोमिचो र अन्याय गरिरहने, विदेशी हरिकङ्गालहरु भनी हेप्दै बारम्बार घृणा र अवहेलना गरिरहने, सरकारले पनि कहिल्यै कुनै सामाजिक संरक्षण उपलब्ध नगराउने चीरपरिचित पुरानै गुनासो दोहोर्‍याउँछन् उनीहरु ।
यता, चीन सरकारले बेइजिङ्गस्थित फ्रान्सेली राजदूतावाससँग उक्त घटनाको कारण र मानव क्षतिका सम्बन्धमा स्पष्टिकरण मागेको छ ।

चीनले फ्रान्सेली सरकारसँग उक्त घटनाको गहिराइसम्म पुगी छानबीन गर्न र चिनियाँ नागरिकले विश्वको जुनसुकै कुनामा शान्तिपूर्ण मार्गबाट आफ्ना भावना र आकाङ्क्षाहरु ब्यक्त गर्न पाउनु पर्ने माग गरेको चिनियाँ बिदेश मन्त्रालयका प्रवक्ता ह्वा चुन्यिङगले जानकारी दिए । रासस/एपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

ट्रम्पको कर दृष्टिकोण बुझ्न कठिन छ : जापानी प्रधानमन्त्री

टोकियो, चैत १५ गते । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार

भारतीय अन्तरिक्ष मिशन स्स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा

नयाँ दिल्ली, चैत १ गते । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशनअन्तर्गत