March 29, 2017

चुनावी माहोलले तात्यो सेयर बजार

bannerlive
काठमाडौं, चुनाव मिति नजिकिँदै आउँदा सेयर बजार पनि निरन्तर उकालो लाग्न थालेको छ। मंगलबार सेयर बजारमापक नेप्से ७६।७९ विन्दुले बढेर १६१०।६२ मा पुगेर रोकिएको छ। यसअघि साउन १२ गते १८८१।४५ बिन्दुमा पुगेर नेप्सेले कीर्तिमान कायम गरेको थियो। अहिले सोही कीर्तिमान पछ्याउँदै सेयर बजार अगाडि बढेको छ।आजको नागरिक न्यूजमा खबर छ।

मंगलबार नेप्से अत्यधिक बढेका कारण नेपाल स्टक एक्चेन्ज लिमिटेडले तीन पटक सर्किट ब्रेक लगाउनुप¥यो । सर्किट ब्रेक लगाएकै कारण दैनिक चार घन्टा कारोबार हुने सेयर बजार मंगलबार २ घन्टा मात्रै भयो ।

११ बजेदेखि खुलेको सेयर बजार २ बजेर ५८ मिनेटमा नै बन्द भयो । पहिलो पटक सर्किट ब्रेक लगाएर १५ मिनेट र दोस्रो पटक लगाएर ३० मिनेट कारोबार रोक्नुप¥यो । तेस्रो पटक २ बजेर ५८ मिनेटमा पाँच प्रतिशतको वृद्धिपछि फेरि सर्किट ब्रेक लगाएरकारोबार नै बन्द हुन पुगेको स्टक ब्रोकर एसोसियसनका पूर्वअध्यक्ष अन्जनराज पौडेलले बताए ।

‘पहिलो सर्किट ब्रेकर लागेपछि खुलेको बजार ओरालो लाग्न पुगेको थियो,’ उनले भने, ‘तर, त्यो ओरालो लाग्नेक्रम धेरैबेर टिक्न सकेन र पुनः नेप्से निरन्तर उकालो लाग्यो ।’ नेप्से निरन्तर उकालो लाग्नेक्रम बजार बन्द हुदाँसम्म नै कायम थियो ।

मंगलबार करिब २ घन्टाको कारोबार समयमा १४४ कम्पनीका एक अर्ब ३८ करोड रुपैयाँबराबरको सेयर किनबेच भयोे छ ।

चैत ३ गते १३५७।३४ मा रहेको नेप्से परिसूचक मंगलबार १६१०।६२ बिन्दुमा आइपुग्यो । १२ दिनको बीचमा नेप्से परिसूचक २५३।२८ अंकले बढेको छ ।

सरकारले वैशाख ३१ गते स्थानीय तह निर्वाचन मिति तोकेको छ । ‘चुनावी माहोल बन्दै गएकाले सेयर बजार पनि उकालो लागेको हो,’ एसोसियसन पूर्वअध्यक्ष पौडेलले भने, ‘लामो समय स्थानीय निकाय नेतृत्वविहीन थिए, चुनावपछि स्थानीय तहमा राजनीतिक स्थिरता आउने संकेत देखिएकाले पनि बजार बढ्न पुगेको हो ।’

विगतका संसदीय चुनावताका पनि सेयर बजार बढेको थियो । स्थानीय चुनावमा पनि ठूलो मात्रामा पैसा बजारमा आउने देखिएको र यसले लगानीयोग्य पुँजी ९तरलता० को अभाव हट्ने सम्भावना देखिएकाले पनि बजार बढन पुगेको विश्लेषकको भनाइ छ ।

लगानीकर्ता थप नयाँ साधारण सेयर ९एफपिओ० र हकप्रद सेयरतर्फ अकार्षित हुँदा दोस्रो बजार प्रभावित हुन पुगेको थियो । तर, चुक्ता पुँजी वृद्धि गर्ने समयसीमा नजिकिँदै जादाँ ठूलो रकमको एफपिओ र हकप्रद आउने क्रममा कमी आएकाले पनि दोस्रो बजार तात्न पुगेको पौडेलले बताए । ‘एफपिओमा लगानी गर्दा मनग्ये फाइदा हुने सम्भावना देखेर त्यता गएका लगानीकर्ताले मागेजति सेयर नपाएर दोस्रो बजारबाट किन्न थालेका छन्,’ उनले भने, ‘एफपिओमा गरिएको लगानी हात्ती आयो फुस्सा भनेजस्तै भएपछि उनीहरूले दोस्रो बजारमा सेयर खरिद गर्न थाल्दा बजार बढ्न पुगेको हो ।’

एफपिओमा लगानी गर्दा सेयर नै पर्न छाडेपछि लगानीकर्ता दोस्रो बजारतिर आकर्षित हुन थालेका छन्। ‘कम्पनीलाई आवश्यकभन्दा अत्यधिक रकम एफपिओमा पर्न थालेपछि सेयर पर्ने सम्भावना ज्यादै कम हुन्छ,’ पौडेलले भने, ‘सेयर नपरेपछि एफपिओको चार्म घट्न पुगेको छ भने दोस्रो बजारमा बढेको छ। यसले गर्दा सेयर बजार बढ्न पुगेको हो ।’

लगानीयोग्य पुँजी अभाव कायमै रहेका कारण बैंकको ब्याजदर नघटे पनि बैंकले मार्जिन कल माग्ने काम बन्द गरेका छन् । सेयर बजार निरन्तर उकालो लागेपछि मार्जिन कल बैंक तथा वित्तीय संस्थाले बन्द गर्दा सेयर बजार बढन पुगेको विश्लेषक बताउँछन् ।

लामो समयदेखि बजार घटिरहेको थियो । धेरै कम्पनीको सेयर मूल्य तल झरेको थियो । बजार घट्दा लगानीकर्ताको मनोबल कमजोर भएको थियो । तर, चैत सुरु भएदेखि नै सेयर बजार निरन्तर उकालो लाग्दा लगानीकर्ताको मनोबल पनि बढेको छ ।

चैत–वैशाखदेखि सेयर बजारको सिजन सुरु हुने मानिन्छ । सिजनमा सेयर भाउ बढ्न पुग्छ । विगत १४ वर्षको अध्ययन गर्ने हो भने १२ वर्षमा चैत–वैशाखापछि सेयर बजार बढेको देखिन्छ ।

सेयरको मूल्य निकै तल आइसकेको, तरलता सहज नभए पनि मार्जिन कल आउन छाडेको, ब्याजदर चाप सामान्य बन्न थालेको, बैंक तथा वित्तीय संस्थाको त्रैमासिक वित्तीय विवरण आउन थालेपछि लाभांश कसले कति दिने भन्ने अनुमान गर्न सजिलै सकिने र ठूलो परिणामको एपफपिओ र हकप्रद सेयर नआएका कारण पनि बजार बढ्न मद्दत पुगेको हो ।

मंगलबार १४४ कम्पनीका २५ लाख ९८ हजार ५ सय ५७ कित्ता सेयर किनबेच भयो । सबैभन्दा बढी नेपाल बंगलादेश बैंकको नौ करोड ४९ लाख रुपैयाँको खरिदबिक्री भयो । कारोबार रकमकै आधारमा सानिमा बैंक दोस्रो भएको छ । उक्त बैंकको सात करोड ५८ लाख रुपैयाँबराबर सेयर खरिदबिक्री भयो। मंगलबार सबैभन्दा बढी बिमा समूहको ५०३।११ अंकले बढेको छ । जलविद्युत् समूहको १०६।५१, विकास बैंक समूहको ८२।९७, बैंकिङ समूहको ७५।०९, होटेल समूहको ७१।०९, फाइनान्स समूहको ३८।९४ र अन्य १०।१२ अंकले बढेको छ । उत्पादनमूलक कम्पनीको सेयर मूल्यमा भने कुनै हेरफेर भएन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग