पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण सवै जिल्लामा

pathegharस्वास्थ्य मन्त्रालयले यसै आर्थिक बर्षभित्रमा देशभरका सवै जिल्लामा पाठेघरको मुखमा हुने निःशुल्क क्यान्सरको परिक्षण (VIA Test Screening) सेवा सुरु गर्ने भएको छ ।
नेपालका अधिकांश महिलाहरुको मृत्युको मुख्य कारणको रुपमा रहेको पाठेघरको मुखमा हुने क्यान्सर न्युनिकरणका लागि मन्त्रालयले देशभरी सेवा विस्तार गर्ने भएको हो ।
नुवाकोटको विदुरमा भएको प्रजनन् स्वास्थ्य मेलालाई पठाउनु भएको शुभकामना सन्देशमा मन्त्री थापाले महिला संवन्धी रोगहरुको उपचार सेवा र चेतना बृद्धिका कार्यक्रमहरु तिव्ररुपमा विस्तार गरिने उल्लेख गर्नुभएको छ ।
नुवाकोटमा भएको जस्तो प्रजनन स्वास्थ्य मेला देशभरका २० ठाउमा संचालन गरिने उहाँले जानकारी दिनुभयो ।
त्यस्तैे पाठेघरको मुखमा क्यान्सर हुन रोक्ने एचपीभी भ्याक्सीन दिने कार्यक्रम अहिले चितवन र कास्कीमा संचालन भईरहेको उहाँले सन्देशमा उल्लेख गर्नु भएको छ ।
आगामी बर्षदेखि यस्ता कार्यक्रम क्रमश सवै गाँउपालिका, नगरपालिका र स्थानीय स्वास्थ्य संस्थासम्म पुर्याउने मन्त्रालयको लक्ष्य रहेको मन्त्री थापाको भनाई छ । महिलाको पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगिन जति सजिलो छ, क्यान्सर भर्ईसकेपछि जीबन जोगाउन त्यति नै गाह्रो छ भन्नुहुदै स्वास्थ्य मन्त्री थापाले यसको रोकथाम निकै सजिलो र सस्तो भएकाले त्यसलाई उपयोग गर्नपनि सवैलाई आग्रह गर्नुभएको छ । स्वस्थ जीवनशैली अपनाउन र नियमित स्वास्थ्य परिक्षण गर्न मन्त्री थापाले सवैलाई आह्वान गर्नु भएको छ ।
मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य महाशाखाको आयोजनामा मेलामा मिनिल्याव, परिवार नियोजन, यौन रोग, आङ खस्ने, पोषण लगायतका विषयमा परामर्श तथा उपचार सेवा दिइएको छ । महाशाखाका प्रमुख डा नरेशप्रताप केसीले २७१ जनाको परिक्षण गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सफल जीवन बीमा अभिकर्ता बन्ने कला

  अधिवक्ता तारा निधि पन्त जीवन बीमा अभिकर्ता बन्नु केवल आम्दानीको स्रोत मात्र होइन, समाजका व्यक्तिहरूलाई

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस