पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण सवै जिल्लामा

pathegharस्वास्थ्य मन्त्रालयले यसै आर्थिक बर्षभित्रमा देशभरका सवै जिल्लामा पाठेघरको मुखमा हुने निःशुल्क क्यान्सरको परिक्षण (VIA Test Screening) सेवा सुरु गर्ने भएको छ ।
नेपालका अधिकांश महिलाहरुको मृत्युको मुख्य कारणको रुपमा रहेको पाठेघरको मुखमा हुने क्यान्सर न्युनिकरणका लागि मन्त्रालयले देशभरी सेवा विस्तार गर्ने भएको हो ।
नुवाकोटको विदुरमा भएको प्रजनन् स्वास्थ्य मेलालाई पठाउनु भएको शुभकामना सन्देशमा मन्त्री थापाले महिला संवन्धी रोगहरुको उपचार सेवा र चेतना बृद्धिका कार्यक्रमहरु तिव्ररुपमा विस्तार गरिने उल्लेख गर्नुभएको छ ।
नुवाकोटमा भएको जस्तो प्रजनन स्वास्थ्य मेला देशभरका २० ठाउमा संचालन गरिने उहाँले जानकारी दिनुभयो ।
त्यस्तैे पाठेघरको मुखमा क्यान्सर हुन रोक्ने एचपीभी भ्याक्सीन दिने कार्यक्रम अहिले चितवन र कास्कीमा संचालन भईरहेको उहाँले सन्देशमा उल्लेख गर्नु भएको छ ।
आगामी बर्षदेखि यस्ता कार्यक्रम क्रमश सवै गाँउपालिका, नगरपालिका र स्थानीय स्वास्थ्य संस्थासम्म पुर्याउने मन्त्रालयको लक्ष्य रहेको मन्त्री थापाको भनाई छ । महिलाको पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगिन जति सजिलो छ, क्यान्सर भर्ईसकेपछि जीबन जोगाउन त्यति नै गाह्रो छ भन्नुहुदै स्वास्थ्य मन्त्री थापाले यसको रोकथाम निकै सजिलो र सस्तो भएकाले त्यसलाई उपयोग गर्नपनि सवैलाई आग्रह गर्नुभएको छ । स्वस्थ जीवनशैली अपनाउन र नियमित स्वास्थ्य परिक्षण गर्न मन्त्री थापाले सवैलाई आह्वान गर्नु भएको छ ।
मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य महाशाखाको आयोजनामा मेलामा मिनिल्याव, परिवार नियोजन, यौन रोग, आङ खस्ने, पोषण लगायतका विषयमा परामर्श तथा उपचार सेवा दिइएको छ । महाशाखाका प्रमुख डा नरेशप्रताप केसीले २७१ जनाको परिक्षण गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

आत्महत्या रोकथाम दिवसः रोकथाम गर्न सचेतना कम

 भाद्र २४, काठमाडौँ । नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका

यसरी कुञ्जल क्रियाले पेट सफा गर्छ

 भदौ २२, काठमाडौं । योगाभ्यास एक शारीरिक व्यायाम मात्र होइन, जीवनलाई सरल र सहज बनाउने

स्वास्थ्य बिमा रकम कर्मचारीबाटै हिनामिना

पशुपतिनगर (इलाम), भदौ १४ गते । इलाममा स्वास्थ्य बिमा गरेका बिमित स्वास्थ्य बिमा कार्यक्रमका दर्ता सहयोगीबाट

शापु रोगले दृष्टि गुम्न सक्छ:यसरी जोगिनुस्

काठमाडौं, भदौ ७ गते । पछिल्लो समय देशभर रातो आँखा हुने समस्या बढ्दै गएको छ ।

अप्रेसनका लागि वीर अस्पतालमा पालो कुर्ने समस्या हट्दैछ

काठमाडौं, भदौ ४ गते । वीर अस्पतालले निकट भविष्यमा नै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान