काठमाडौं । सरकारले विदेशी टेलिभिजनहरुमा नेपाली पर्यनटबारेको वृत्तचित्र प्रशारण सुरु गर्ने भएको छ । यसका लागि पहल थालेको सरकारले पहिलो चरणमा चीनका टेलिभिजनबाट नेपाली पर्यटकीय क्षेत्रको बारेमा डकुमेन्ट्री तयार गरेर प्रशारण गर्दैछ । यसका लागि नेपालकातर्फबाट कुनै खर्च भने गरिने छैन ।
चीनको सिचुवान प्रान्तमा मूख्य कार्यालय रहेको छियान टेलिभिजनले अब नेपालका सम्पदा तथा पर्यटकिय स्थलहरुबारेको डकुमेन्ट्री निशुल्क प्रसारण गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिब शंकर शर्माकाअनुसार नेपाल टेलिभिजन र छियान टेलिभिजनबीच यस्तो सम्झौता भएको छ । अब यो टेलिभिजनले नेपाल टेलिभिजनले उपलब्ध गराएकेा डकुमेन्ट्री छियान टेलिभिजनले निःशुल्क प्रशारण गर्नेछ ।
नेपाल टेलिभिजनले पनि यस्तो खालका डकुमेन्ट्री निशुल्क उपलब्ध गराउनेछ । शर्माले भने ‘केहि दिन अघि चीन गएको समयमा भएको सम्झौताअनुसार अब छियान टेलिभिजनले निशुल्क रुपमा हाम्रा सम्पदाको डकुमेन्ट्री प्रसारण गर्नेछ ।’
साथै छियानले नेपालका बिभिन्न पर्यटकीय स्थलहरुको आफैंले पनि दृश्य खिचेर प्रसारण गर्ने भएको छ । शर्माले भने ‘केहि दिनभित्रै छियानको एक समूह आएर पोखराको दृश्य कैद गर्ने तयारी गर्दैछ ।’
चीनबाट नेपाल आउने पर्यटकमा वृद्धि गर्नको लागि मन्त्रालयले यसखालको पहल गरेको हो । अहिले पनि नेपाल आउने पर्यटकमा चिनियाँ पर्यटकको हिस्सा ठूलो रहेको छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन