अमेरिकी ड्रोन आक्रमणमा अलकायदाका शीर्ष नेता मारिए

Qari-Yasin-was-killed-in-an-airstrike-in-Afghanistan-768x455१३ चैत, काठमाडौं । अलकायदाका शीर्ष आतंकवादी नेता कारी यासिन अमेरिकी ड्रोन आक्रमणमा मारिएका छन् । पूर्वी अफगानिस्तानमा १९ मार्चमा भएको आक्रमणमा उनी मारिएको पेन्टागनले जनाएको छ ।

यासीनमाथि थुप्रै आतंकवादी हमलाको षडयन्त्र गरेको आरोप छ । यसैगरी दुई अमेरिकी नागरिकको हत्या गरेको अभियोग पनि उनीमाथि रहेको रोयटर्सले जनाएको छ ।इस्लामावादको मेरियट होटलमा २० डिसेम्बर २००८ मा भएको बम विष्फोटमा यासीनलाई जिम्मेवार ठहर्‍याइएको छ ।

उक्तविष्फोटमाअमेरिकीवायु सेना नौसेनाका दुई जवान मारिएका थिए ।यसैगरी २००९ मा लाहौरमा श्रीलंकाको क्रिकेट टिमलाई बोकेको बसमाथि भएको आक्रमणमा पनि उनको संलग्नता रहेको बताइन्छ । उक्त घटनामा ६ पाकिस्तानी प्रहरी तथा दुई सर्वसाधारणको मृत्यु भएको थियो । हमलामा क्रिकेट टोलीका ६ सदस्यहरु घाइते भएका थिए ।अमेरिकी रक्षामन्त्री जिम मेटिसले भनेका छन्, ‘कारी यासिनको मृत्यु इस्लामलाई बदनाम गर्ने आतंकवादीविरुद्ध कडा कारवाहीको प्रमाण हो ।’निर्दोष व्यक्तिहरुलाई सुनियोजित रुपमा निशाना बनाउने आतंकवादी न्यायको कठघराबाट बच्न नसक्ने उनले बताए । अमेरिकाले विगत चार वर्षदेखि यासीनको खोजी गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष