
चैत १३ – पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट ७० गोल गरेका छन् । विश्वकप २०१८ को छनौट अन्तर्गत शनिबार राति हंगेरीसँगको खेलमा दुई गोल गर्दै रोनाल्डोले राष्ट्रिय टिमबाट ७० गोल गरेका हुन् । ३–० को जित निकाल्ने क्रममा ३६ औं मिनेट गरेको गोल राष्ट्रिय टिमबाट रोनाल्डोको ६९ तथा ६५ औं मिनेटमा फ्रि किकमार्फत ३० यार्ड परबाट गरेको गोल उनले खेलजीवनमा पोर्चुगलका लागि गरेको ७० औं गोल बन्यो । उनले एक सय ३७ खेलमा ७० औं गोल गरेका हुन् ।योसँगै रोनाल्डो युरोपका देशमा राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा चौथो स्थानमा उक्लिएका छन् ।
राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने युरोपका खेलाडीको सूचिको शीर्ष स्थानमा हंगेरी र स्पेनबाट ८९ खेलमा ८४ गोल गरेका फेरेन्स पुस्कास रहेका छन् । दोस्रो स्थानमा रहेका हंगेरीका सान्डोर कोसिसले ६८ खेलमा ७५ तथा तेस्रो स्थानमा रहेका जर्मनीका मिरोसलाभ क्लोसले १३७ खेलमा ७१ गोल गरेका छन् । रोनाल्डोले ६२ खेलमा ६८ गोल गरेका वेष्ट जर्मनीका गेर्ड मुलरलाई पछि पार्दै चौथो स्थानमा उक्लिएका हुन् ।
पोर्चुगलका सर्वाधिक गोलकर्ता रोनाल्डोले रोनाल्डोले युरोपियन क्षेत्रको छनौटको लगातार चौथो खेलमा गोल गरेका हुन् । गएको वर्ष भएको युरोपकको क्रममा हंगेरीसँगको खेलमा रोनाल्डोल दुई गोल नै गरेका थिए । उनको दुई गोलको सहयोगले पोर्चुगलले हंगेरीलाई ३–३ को बराबरीमा रोक्दै अन्तिम १६ मा स्थान बनाएको थियो । विश्वकप छनौट अन्तर्गत पनि रोनाल्डोले हंगेरी विरुद्ध दुई गोल नै गरे ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन