काठमाडौं, चैत १२— बङ्गलादेशको मिमेन्सींघ जिल्लामा शुक्रबार भएको ट्रक दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।राजधानी ढाकाबाट १२२ किलोमिटर उत्तरतर्फ पर्ने ठाउँमा ट्रकले अचानक दिशा परिवर्तन गर्दा भएको दुर्घटनामा परी अन्य केही घाइते भएका छन् ।
स्थानीय समयानुसार बिहान ४ बजे दुर्घटना भएको र मृतक सवैको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।दुर्घटना भएको ट्रकमा सिमेन्ट लोड गरिएको थियो भने, सो घटनामा ज्यान गुमाउने अधिकांश मजदुर रहेका थिए । दुर्घटनाको कारण स्पष्ट भईनसकेको प्रहरीको भनाई छ ।
बङ्गलादेशमा सडक दुर्घटनामा परी वर्षेनी धेरै जनाको मृत्यु हुने गरेको छ । राम्रोसँग मर्मत नगरेका सवारी साधन र ट्रफिक नियमहरुको उलङ्घन दुर्घटनाको मुख्य कारण भएको अधिकारीहरुले बताएका छन् ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
अधिवक्ता तारा निधि पन्त जीवन बीमा अभिकर्ता बन्नु केवल आम्दानीको स्रोत मात्र होइन, समाजका व्यक्तिहरूलाई
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति