दुई वर्षमै भारतलाई बिजुली बेच्ने सामर्थ्य राख्नेगरी काम गरिरहेछौं : कुलमान घिसिङ

Kulman-Ghising.jpg33काठमाडौं, ११ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले अबको दुई वर्षभित्रै भारतलाई बिजुली बेच्ने सामर्थ्य राख्ने गरी काम गरिरहेको बताएका छन् ।

भारतबाट बिजुली किनेर लोडसेडिङ घटाएको आरोपको खण्डन गर्दै उनले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा उक्त कुरा बताएका हुन् । ‘अहिले नेपालमा लोडसेडिङ्ग घट्नुको कारण भारतबाट महंगोमा बिजुली ल्याएर हो भन्ने अभिव्यक्ति सुनिएकोले केही कुरा प्रस्ट्याउनु पर्ने देखिन्छ,’ उनले अगाडि लेखेका छन्, ‘अहिले भारतबाट करिब ४८० मेगावाट बिजुली ल्याइएको छ,जसमध्ये केही बिजुली नदीनालाको सन्धि सम्झौताअनुसार निःशुल्क पाइएको छ भने अरुलाई किनेरै ल्याइएको छ ।’

घिसिङले आरोपको खण्डन गर्दै अगाडि लेखेका छन्, ‘सबैलाइ के अपिल गर्न चाहन्छौं भने भारतबाट किनेरै भए पनि बिजुली ल्याउँदा उद्योगधन्दाहरु निरन्तर चलिरहेका छन् साथै जेनेरेटर,सोलार र इन्भर्टरको लागि बाहिरिने अरबौं रुपियाँ समेत जोगिएको छ ।’

घिसिङ अगाडि लेख्छन्, ‘त्यसैले समग्रमा हेर्दा भारतबाट केहि बिजुली ल्याउँदा हाम्रो व्यापार घाटा घटेको देखिन्छ । यद्यपि सधैं भारतबाटै बिजुली ल्याउने योजना भने कदापी होइन ।’ अबको २ बर्षमै भारतलाई बिजुली बेच्ने सामर्थ्य राख्नेगरी काम गरिरहेको बताउँदै उनी भन्छन्, ‘त्यसैले बढी नकारात्मक टिप्पणी गर्नुभन्दा पनि विद्युत प्राधिकरणको अभियानलाई आ-आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुहुन अनुरोध छ ।’

उनले जेठपछि नेपाललाई नै लोडसेडिङमुक्त बनाउने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि