विप्लव पार्टीको नाममा चन्दा आतंक मच्चाउने ‘केपी ओली गुट’का एमाले कार्यकर्ता !

uml-membarकाठमाडौं, १० फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नाममा चन्दा आतंक मच्चाउने एमाले कार्यकर्ता पक्राउ परेका छन् । अखिल क्रान्तिकारीको कार्यकर्ताले उनीहरुलाई पक्राउ गरी प्रहरीलाई बुझाएको हो ।

पक्राउ पर्नेमा ताप्लेजुङका सन्तोष तिमल्सिना र बझाङका तिलक खड्का रहेका छन् । अनेरास्ववियुका केन्द्रीय समस्य रहेका तिमल्सिना एमाले निकट ओली समुहका कार्यकर्ता हुन् । अर्का खड्का पनि ओली समुहकै कार्यकर्ता हुन् ।

पक्राउ परेका उनीहरुले हिजो ९ गते चन्दा नदिए मारिदिन्छु भन्दै काठमाडौं जिल्ला नापी कार्यालयका कर्मचारीलाई धम्काउँदै गरेको अवस्थामा पक्राउ परको थिए । पक्राउ परेका खड्का एमाले निकट अखिलका पशुपति क्याम्पसका नेता हुन् । ‘गल्ति भयो । अब यस्तो गल्ति गर्दिनँ,’ उनले भनेका छन्,‘मलाई सन्तोष तिमल्सिनाले पठाएको हो ।’

अखिलका नेता भन्छन्,‘सन्तोष तिमल्सिनाले फसाएछ’

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका महासचिव ऐन महरले सन्तोष तिमल्सिना भन्ने व्यक्ति पहिले देखि नै यस्तो गतिविधिमा समलग्न रहेको आफूहरुले सुचना पाएको बताए । ‘लुरे भनिने सन्तोष तिमल्सिना पहिले पनि यस्तो गतिविधिमा समलग्न थिए भन्ने सुचना आएको थियो । उसले तिलकलाई पनि फसाएछ,’ उनले दियोपोस्टसँग भने,‘त्यस्तो व्यक्तिलाई हामी कारबाही गर्छौं ।’

विप्लवका उपत्यका संयोजक भन्छन्,‘हाम्रो पार्टीको लोकप्रीयताबाट ओली डराए’

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपत्यका संयोजक लोकेश विश्वकर्माले केही शक्तिहरु आफ्नो पार्टीको लोकप्रीयतादेखि डराएको आरोप लगाए । ‘हाम्रो पार्टीको लोकप्रीयतादेखि डराउँनेहरु यतिबेला विभिन्न रुपमा भ्रम छर्न हिँडेका छन्,’ उनले भने,‘एमालेकै व्यक्ति यसरी परिचालन भएपछि मुलत पार्टी अध्यक्ष केपी ओलीले जिम्मा लिनुपर्छ । यसरी लुकेर बदनामी गर्ने होइन खुलमखुल्ला आउँन म निमन्त्रणा गर्छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति