विप्लव पार्टीको नाममा चन्दा आतंक मच्चाउने ‘केपी ओली गुट’का एमाले कार्यकर्ता !

uml-membarकाठमाडौं, १० फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नाममा चन्दा आतंक मच्चाउने एमाले कार्यकर्ता पक्राउ परेका छन् । अखिल क्रान्तिकारीको कार्यकर्ताले उनीहरुलाई पक्राउ गरी प्रहरीलाई बुझाएको हो ।

पक्राउ पर्नेमा ताप्लेजुङका सन्तोष तिमल्सिना र बझाङका तिलक खड्का रहेका छन् । अनेरास्ववियुका केन्द्रीय समस्य रहेका तिमल्सिना एमाले निकट ओली समुहका कार्यकर्ता हुन् । अर्का खड्का पनि ओली समुहकै कार्यकर्ता हुन् ।

पक्राउ परेका उनीहरुले हिजो ९ गते चन्दा नदिए मारिदिन्छु भन्दै काठमाडौं जिल्ला नापी कार्यालयका कर्मचारीलाई धम्काउँदै गरेको अवस्थामा पक्राउ परको थिए । पक्राउ परेका खड्का एमाले निकट अखिलका पशुपति क्याम्पसका नेता हुन् । ‘गल्ति भयो । अब यस्तो गल्ति गर्दिनँ,’ उनले भनेका छन्,‘मलाई सन्तोष तिमल्सिनाले पठाएको हो ।’

अखिलका नेता भन्छन्,‘सन्तोष तिमल्सिनाले फसाएछ’

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका महासचिव ऐन महरले सन्तोष तिमल्सिना भन्ने व्यक्ति पहिले देखि नै यस्तो गतिविधिमा समलग्न रहेको आफूहरुले सुचना पाएको बताए । ‘लुरे भनिने सन्तोष तिमल्सिना पहिले पनि यस्तो गतिविधिमा समलग्न थिए भन्ने सुचना आएको थियो । उसले तिलकलाई पनि फसाएछ,’ उनले दियोपोस्टसँग भने,‘त्यस्तो व्यक्तिलाई हामी कारबाही गर्छौं ।’

विप्लवका उपत्यका संयोजक भन्छन्,‘हाम्रो पार्टीको लोकप्रीयताबाट ओली डराए’

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपत्यका संयोजक लोकेश विश्वकर्माले केही शक्तिहरु आफ्नो पार्टीको लोकप्रीयतादेखि डराएको आरोप लगाए । ‘हाम्रो पार्टीको लोकप्रीयतादेखि डराउँनेहरु यतिबेला विभिन्न रुपमा भ्रम छर्न हिँडेका छन्,’ उनले भने,‘एमालेकै व्यक्ति यसरी परिचालन भएपछि मुलत पार्टी अध्यक्ष केपी ओलीले जिम्मा लिनुपर्छ । यसरी लुकेर बदनामी गर्ने होइन खुलमखुल्ला आउँन म निमन्त्रणा गर्छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास