March 22, 2017

ल हेर्नुस भारतमा ट्रम्पका टावर

trump-towerकाठमाडौं– अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प धनाढ्य व्यापारी हुन् । आफ्नै  पार्टीका नेताबाट पर्याप्त साथ र सहयोग नपाए पनि हिलारी क्लिन्टनलाई पराजित गरी ह्वाइट हाउसमा पस्न उनलाई धनले नै सघाएको चर्चा हुने गरेको छ । उनले विश्वका अधिकांश देशमा आफ्नो व्यापार व्यवसाय विस्तार गरेका छन् । यही क्रममा पछिल्लो समय उनको व्यवसाय भारतमा पनि विस्तार भएको छ ।
भारतमा उनले हाउजिङ व्यवसाय सञ्चालन गरेका छन् । उनले भारतमा आफ्नै नाममा विशाल टावर बनाउँदै छन् । यी टावरलाई ‘द ट्रम्प टावर’ को नाम दिइएको छ । भारतका विभिन्न सहरमा ट्रम्पका ६ वटा रियल स्टेल प्रोजेक्ट निर्माणाधीन छन् । यी आयोजनामा ट्रम्पको प्रत्यक्ष लगानी नभए पनि उनले स्थानीय डेभलपर्स कम्पनीलाई आफ्नो ब्रान्ड प्रयोग गर्ने अधिकार दिएका छन् । यसबापत उनलाई करोडौं भारतीय रुपैयाँ प्राप्त हुन्छ ।
ट्रम्प नामका टावर मुम्बईको बरेली, पुणेको कल्याणीनगर, गुडगाउँको गल्फ कोर्स एक्सटेन्सन रोड, कोलकाताको इस्टर्न मेट्रोपोलिटन बाइपासमा ठडिँदैछन् । गुडगाउँमै अर्को एउटा प्रोजेक्टको पनि काम भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यी सबै प्रोजेक्टमा गरी अर्बौं भारतीय रुपैयाँ लगानी भएको छ । ट्रम्प टावर २३ देखि ७३ तलेसम्म हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष